» » सिमाना निर्धारण आयोग र माआवादी केन्द्रबीच छलफल

काठमाडौँ, साउन १२ गते । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगका पदाधिकारी र नेकपा (माओवादी केन्द्र) को संसदीय दलबीच आज छलफल भएको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको बैठकमा आयोगले केही दिनअघि प्रस्तुत गरेको ५६५ वटा स्थानीय निकायको सङ्ख्या निर्धारण गरिनुपर्ने प्रस्तावमा केन्द्रित रहेर छलफल गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आयोगका पदाधिकारीले सीमा निर्धारणको प्रारुप र त्यसको आधारबारे हामीलाई जानकारी गराउनुभयो, हामीले त्यसमाथि टिप्पणी ग¥यौैँ ।”

आयोगलाई विशेष क्षेत्र, संरक्षित क्षेत्र वा स्वायत्त क्षेत्रको अवधारणाबारे स्पष्ट खाका ल्याउन आफूहरुले आग्रह गरेको उहाँले बताउनुभयो ।

आयोगको सिफारिस अनुरुप स्थानीय निकायको संरचना धेरै सानो बनाउँदा जनताले सेवा, सुविधा पाउन कठिनाइ हुने त्यसो नगर्न आफूहरुले सुझाव दिएको उहाँले बताउनुभयो । सो छलफलमा पार्टीका नेता तथा सांसद र आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्यहरुको सहभागिता रहेको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..