» » सरकार बारे छलफल गर्दै संघीय गठबन्धन


काठमाडौ साउन १३ गते । संघीय गठबन्धनको बैठक संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसिरहेको छ । १० बजेदेखि शुरु भएको बैठकमा आन्दोलनका अगामी कार्यक्रम, नयाँ सत्ता समिकरणको विषयमा छलफल भइरहेको बैठकमा सहभागि राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताउनुभयो ।

संघीय गठबन्धनले प्रस्तुत गरेको २६ बुँदे मागको बारेमा सरकार स्पष्ट नभएम्म सरकारको बारेमा सोच्न पनि नसकिने बताउँदै झाले ओली सरकार ढाल्न आफूहरुले सहयोग गरे तर अब प्रधानमन्त्री बनाउनमा उधारो सहयोग नहुने बताउनुभयो । आफूहरुले उठाउँदै आएको मागप्रति ठोस प्रतिवद्धता मात्र होइन, सविधान संशोधनको प्रस्ताव आए मात्र सरकारमा जाने नजाने बारे सोच्ने उहाँले प्रतिकृया दिनुभयो ।

बैठकमा अहिले कुनै निष्कर्ष निस्केको छैन, छलफल जारी छ भन्नु हुँदै उहाँले मुख्य एजेण्डा भनेको आगामी आन्दोलनका कार्यक्रमहरु नै रहेको बताउनु भयो ।

तेस्रो चरणको कार्यक्रम अन्तरर्गत साउन ५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ भने साउन १७ गते धनगढीमा वृहत अन्तरक्रिया कार्यक्रम आयोजना हुने साउन ३ गते जारी विज्ञप्तिमा उल्लेख छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..