» » नेपाली र भारतीय जनताबीच झडप सशस्त्र प्रहरी मुकदर्शक


काठमाडौ साउन १३ गते । सप्तरीको तिलाठीस्थित दशगजामा खाँडो खोलाको प्राकृतिक बहाव बन्द हुने गरी भारतीयले बाँध निर्माण थालेपछि दुईतर्फी झडप हुँदा तीन नेपाली घाईते भएका छ ।

दुई पक्षबीच झडप हुँदा प्रहरी मुकदर्शक भएर बसेका थिए । दुई पक्षमा झडप हुन थालेपछि त्यसलाई रोक्न जानुको सट्टा त्यहाँ उभिएर फोटो खिचिरहेको थियो । त्यो तस्वीर पनि हेर्न सक्नु हुन्छ ।

दशगजामा भारतीय नागरिकले बाँध बाँधेपछि नौवटा नेपाली गाविस डुबाउने गरेको छ । त्यसलाई रोक्न नेपाली जनता गएपछि झडप भएको पत्रकार रामनारायण विश्वासले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारले भन्नुभयो, भारतले निर्माण रोक्ने भनेको छ ।

भारतीय पक्षको अधिकारीले बाँध निर्माण रोक्ने भनिए पनि अझै त्यहाँको निर्माण कार्य रोकिएका छैन । अझै झडप हुने अवस्था रहेको छ । सातवर्ष अघि नै भारतले दशगजामा पक्की बाँध बनाएको थियो, तर गत शनिवार खाँडो नदीमा आएको बाढीले सो बाँध भत्काई दिएपछि भारतीय पक्षले पुनः बाध्न लागेको हो ।

खाँडो खोलाको प्राकृतिक बहाव बग्ने गरी च्यानल खन्ने काम लगातार ७ वर्षदेखि उठिरहेको छ, यदि यो काम भएको भए नेपाल र भारत कसैका पनि गाउँ डुबानमा हुने थिएन, पत्रकार विश्वासले बताउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..