» » राजा सलहेसको बारेमा गन्थन मन्थन


सिरहा, असार २७ गते ।  सांस्कृतिक धरोहर लोक नायक सलहेशको गाथा र काथालाई जनस्तरसम्म प्रचार प्रसार गर्नुको साथै सलहेशसँग जोडिएको स्थानहरुको संरक्षण गर्न सके सिरहामा आन्तरिक र वाहिय पर्यटकीयको ओईरो लाग्ने अगुवाहरुले दावी गर्नु भएको छ ।

लहान नगरपालिका १२ र १२ मा पर्ने सलहेश फूलवारी, लहानदेखि १३ किलोमिटर उत्तर पश्चिममा पर्ने माणिक दह र आठ किलोमिटर लहान नगरपालिका १८ मा रहेको पकडिया गढ र मिर्चैया नगरपालिकामा पर्ने कमलदहलाई संरक्षण  र प्रचारप्रसार गर्न जनस्तरसम्म जोडेर विकास गर्न अघि सर्न एमालेका नेता तथा राष्ट्रियसभाका पूर्व उपाध्यक्ष रामपृत पासवान, प्रज्ञा प्रतिष्ठानका राम भरोसी काफर र पूर्व सभासद रामरति रामले सलहेश क्षेत्र पर्यटन प्रवर्धन विकास समितिले लहानमा आयोजना गरेको सरोकार वालाहरुसँगको अन्तरक्रियामा यस्तो धारणा राख्नु भएको छ ।

अन्तरक्रियमा सांस्कृतिक धरोहर लोक नायक सहलेश विषयका कार्यपत्र राम भरोसी काफरले प्रस्तुत गर्नु भएको थियो भने सलहेश क्षेत्र अन्तर्गत पर्ने स्थानहरु व्यवस्थापनका सवालहरु विषयक कार्यपत्र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति सिरहाका संयोजक वेचन यादवले र सलहेशसंग आवद्ध क्षेत्रहरुको परि।चय विषयक कार्यपत्र ईतिहास विषयका प्रध्यापक हिरा लाल कर्णले प्रस्तुत गर्नु भएको थियो ।

सलहेश लोकगाथाको प्ररारम्भ कहिलेदेखि भयो भन्ने विषयमा विद्वानहरु एक मत नदेखिएपनि सिरहाको महिसोथामा जन्मिएको सलहेश युगपुरुष,सौर्य वीर र अंशी भएकोले दुसाध जातिहरुको वस्ती भएको गाँउ टोलामा गहवर बनाई पूजा अर्चना गर्दै आईरहेको छ । सलहेशले दमन शोषणको विरोधमा सधै लडेको कारण लोक नायक भनिएको कार्यपत्रहरुमा उल्लेख रहेको छ ।

काफरले प्रस्तुत गर्नु भएको कार्यपत्रमा २००७ ईश्वीमा सलहेशवारे अनुसन्धान भएको थियो । नेपालकै वीर सपूत सलहेश त्यति वेलाको आराजक स्थितिमा आफनो क्षेत्रलाई वाहय र आन्तरिक आक्रमणवाट एउटा कुशल, दक्ष सिपाहीको रुपमा दुश्मनसँग लडेर देशको स्वतन्त्रता, प्रतिष्ठा बचाउने काम गर्दै गरेकोले समाजले उनलाई निकै सम्मान दिए र लोक नायकको रुपमा स्वीकार गरेकोले सलहेश लोक नायकको रुपमा जन जनको हृदयमा बसेको धार्मिक आस्था रहेको कार्यपत्रमा रहेको छ ।

केही स्थानहरु सलहेश क्षेत्रको धार्मिक स्थलको रुपमा प्रयोग हुनु पर्नेमा अन्य प्रयोजनको उद्देश्यले काम भएकोले पर्यटन क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा समूदायिक वनको रुपमा दर्ता हुनु, कमल दहलाई पनि सामूदायिक वन क्षेत्र भित्र पारेर हस्तान्तरण गर्नु सोको प्राकृतिक स्वरुपलाई ख्यालै नगरि स्थानीय निकाय र सामूदायिक वन उपभोक्ता समूहले व्यापारिक प्रयोजनको लागि कमलको वोट सफा गरि मत्स्य पालनको लागि ठेक्का लगाउनु जस्ता समस्याहरु देखिएको यादवले प्रस्तुत कार्यपत्रमा समेटिएको छ ।

समस्या समाधानका लागि सलहेश क्षेत्र अन्तर्गत पर्ने स्थानहरुमध्ये वन क्षेत्र रहेको स्थानहरुलाई धार्मिक वनको रुपमा दर्ता गरि सो क्षेत्रको स्वामित्व स्थानीय स्तरमा हस्तान्तरण गर्नु, स्थाानीय निकाय वा सोसग सरोकार रहेका अन्य निकायहरुले सलहेश क्षेत्र अन्तर्गत पर्ने स्थानहरुमा जनतालाई व्यापक सहभागी गराई सर्वपक्षीय समिति गठन गर्ने र सो समितिले स्वतन्त्र हिसावले त्यस क्षेत्रको व्यवस्थापन गर्ने परिपाटीको विकास गर्ने र जनतामा यस सम्वन्धमा साकारात्मसक सन्देशको प्रवाह गरे जनमत सृजना हुने सुझावहरु आएका छन ।

पूर्व उपाध्यक्ष पासवानले सलहेश क्षेत्रको विकास गर्न सलहेशसँग जोडिएका नाच, गीत, भजन र महराईलाई समेत लोप हुनबाट जोगाउन लाग्नुपर्ने भन्दै जाति विभेदको कारण समाजमा समस्या भएको छ । सलहेशले जातीय विभेदको अन्तय गर्न काम गरेको धार्मिक ईतिहास भएकोले ईतिहासको खोजीनीति र पर्यटन विकासको लागि ईमानदार प्रयास हुनु पर्नेमा जोड दिनु भएको छ ।

संचारकर्मी तथा मानव अधिकारवादीहरुले समेत सलहेश क्षेत्रलाई मात्रै सम्वर्धन रप्रवर्धन गर्न सके सिरहामा पर्यटकीय ओईरो लाग्ने प्रमाणको रुपमा वैशाख १ गते लाग्ने सलहेश फूलवारीको मेलामा भारतवाट हजारौको् संख्यामा भक्तजनहरु आउनु रहेको छ ।

पर्यटकीय स्थलहरुको विकासको लागि पर्यटकीय स्थलहरुलाई जोडने सडक, धर्मशाला निर्माण, खानेपनि, तथा पर्यटकहरु टिक्ने वातावरण निर्माणमा लाग्नु पर्ने सुझावहरु समेत आएका छन । आएका सुझावहरुलाई ग्रहण गरेर काम गर्ने प्रतिवद्धता समेत समितिका अध्यक्ष मागैन कामैतले व्यक्त गर्नु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..