» » विनोद सिहलाई एक अर्को झटका, अर्कोे महाधिवेशन गराउन उजुरी

काठमाडौ असार १७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नाममा मधेशी कर्मचारीहरुलाई गुमराहमा राखेर अधिकारिक ट्रेड युनियन चुनावमा सन्तोषजनक सफलता हात पारेका नेपाल मधेशी निजामति कर्मचारी मञ्चका अध्यक्ष विनोद सिहको नाममा उजुरी परेको छ ।

मञ्चका महाधिवेशन प्रतिनिधि शुभकान्त झाले हिजो असार १६ गते श्रम तथा प्रद्र्धन रोजगार विभागमा उजुरी दिनु भएको छ । अध्यक्ष सिहले अवैधानिक तरिकाले महाधिवेशन गराई कार्यसमिति चयन गरेको दावी गर्दै झाले अर्को महाधिवेशन गराउन माग गरिएको छ ।

कार्यसमितिका महासचिव जिल्ला भूसंरक्षण कार्यालय महोत्तरीका प्रमुख बेचन महतोलाई बनाइएको छ । निजामती कर्मचारी ऐनका अनुसार तृतीय श्रेणीका राजपत्रांकित अधिकृत कार्यालय प्रमुखको जिम्मेवारीमा हुँदा ट्रेड यूनियनमा आबद्ध हुन पाउँदैनन् । शुभकान्तले यो कुरा अपाm्नो उजुरीमा पनि उल्लेख गर्नुभएको छ ।

महतो उपसचिवको दरबन्दी रहेको जिल्ला भूसंरक्षण कार्यालय महोत्तरीमा गत दुई वर्ष छमहिनादेखि आर्थिक अधिकारसहितको निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदै आउनु भएको छ । कार्यालय प्रमुख पनि हुने र सामूहिक सौदाबाजी गर्ने राष्ट्रियस्तरका ट्रेड यूनियनका महासचिव पनि हुने कार्य गैरकानूनी र अख्तियारको दुरुपयोग भएको प्रारम्भिक ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेचन महतोविरुद्ध छानबिनसमेत सुरु गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..