» » नक्कली डाक्टरको बिगबिगी, देशका विभिन्न ठाउँबाट एकसाथ पक्राउ

काठमाडौ असार ४ गते । शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका डाक्टरलाई विभिन्न अस्पतालबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हिजो उहाँहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनका डा. रजनी अग्रवाल, डा. सुनिल आचार्य र डा. राजन पुरी छन् । केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

त्यस्तै विराटनगरका चर्चित तीन जना डाक्टरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा अब्दुल कलाम हक रहेका छन् । मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले भन्नुभयो “सिआइभीको विशेष टोलीले हिजो उनीहरूलाई अस्पतालबाटै पक्राउ गरेको हो । माथिको निर्देशन अनुसार पक्राउ गरिएकाले कारण थाहा छैन ।

त्यसैगरि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले वीरगन्जबाट नौ चिकित्सकलाई पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको नेतृत्वमा काठमाडाँैबाट गएको टोलीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट तीन, वीरगन्जकै नेसनल मेडिकल कलेजबाट चार र निजी क्लिनिकबाट दुई चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।

नारायणी उपक्षेत्रीय अस्पतलामा कार्यरत डा. कुशराज गिरी, डा. सरोजकुमार सिंह, डा. पन्नालाल पटेल तथा नेसनल मेडिकल कलेजबाट डा. इरसादुल हक, डा. महम्मद राहुल्ला, डा. निमेष पाल रमन र डा. रामकुमार प्रधान तथा वीरगन्जका विभिन्न स्थानका निजी क्लिनिकबाट डा. दिनेश साह र डा. अरुणकुमार गुप्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त सबै चिकित्सकको शौक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी सिआइबीमा परेकाले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चिकित्सकलाई छ घन्टासम्म जिल्ला प्रहरी कार्यालय पर्सामा राखी सुरक्षा व्यवस्थाका साथ आवश्यक अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

नेसनल मेडिकल कलेजको सघन कक्षमा बिरामीको शल्यक्रिया गरिरहेका बेला प्रवेश गरी चिकित्सकलाई पक्राउ गर्नु प्रहरीको गलत कार्यशैली रहेको आरोप डा. निरज सिंहले लगाउनुभयो ।
यसैबीच जनकपुरबाट पनि तीन जना नक्कली डाक्टर पक्राउ परेको छ तर उनीहरुको नाम सार्वजनिक भएको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..