» » लागु औषधसहित निसाद पक्राउ


नवलपरासी, जेठ २७ गते । नवलपरासीमा प्रहरीले अवैध लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

बुधबार साँझ नवलपरासी ठूलाखरेटवाबाट नवलपरासी सेमनी–५ का सञ्जय निसादलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पचास वटा नाइट्रोभेटसहित पक्राउ परेका निसादलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको पाँचपेडा प्रहरी चौकीका प्रमख प्रहरी सहायक निरीक्षक विनोद राउदले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..