» » तमलोपामा षड्यन्त्र भएको नेताहरुको आरोप


काठमाडौ असार ९ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशनमा नयाँ विवाद उत्पन्न भएको छ । अध्यक्ष, उपाध्यक्षमा सर्वसम्मति भएपछि अन्य पदमा पनि सर्वसम्मति हुनुपर्ने माग नेताहरुले उठाउन थालेका छन् ।

एउटै खेलमा दुईटा नियम हुँदैन, नवलपरासीबाट एक नेताले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, यदि महन्थ ठाकुरले सर्वसम्मतिको नाममा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका लागि कसैलाई उम्मेदवारी फिर्ता लिन लगाएर निर्विरोध चयन गराए तर अब महासचिव र सहमहामन्त्री तथा कोषाध्यक्षको पदका लागि कुनै पहल नहुनु पार्टी नेतृत्वको गैरजिम्मेवरीपन हो ।’

ती नेताले भन्नुभयो, पार्टी महन्थ ठाकुर, ह्रदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, बृषेशचन्द्रलालले मात्र चल्दैन, अन्य नेताहरु पनि चाहिन्छ तर यी नेताहरु सुरक्षित भएपछि सर्वसम्मतिका लागि कुनै प्रयास भइरहेको छैन ।’

अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्षमा ह्रदयश त्रिपाठी, उपाध्यक्षमा बृषेशचन्द्र लाल निर्विरोध हुनुभएको छ भने उपाध्यक्षमा सर्वेन्द्रनाथ शुक्ला मनोनयन हुने पक्का पक्की भएको छ ।

हिजै नै महाधिवेशन सक्यो, यहाँ बस्न र रहने ठाउँ नभएका कारणले आआफ्नो घर फर्किदा हुन्छ भन्दा अधिकाँश कार्यकर्ता तथा नेताहरु घर फर्किसकेका छन् । एकहजार महाधिवेशन प्रतिनिधिमध्ये लगभग दुईसय मात्र बाँकी छन् त्यसमा कसरी चुनाव हुनसक्छ पार्टीमा ठुलै षड्यन्त्र भएको पार्टी नेताहरुको आरोप छ ।

नेता तथा कार्यकर्ता बस्ने स्कूलको विजुली लाइन तथा खानेपानीको लाइन पानि काटी दिएको बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..