» » गठबन्धनको अनसनलाई मातृकाको समर्थन


काठमाडौं जेठ २५ गते । संघीय गठबन्धनले आजदेखि थालेको रिले अनसनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ताधारी दल नेकपा माओवादी केन्द्र र नागरिक समाजका अगुवाहरुले ऐक्यबद्वता तथा समर्थन जनाएका छन् ।

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के.सी, नकेपा (माओवादी केन्द्र) का नेता मातृका यादव र नागरिक समाजका अगुवाद्वय दमन नाथ ढुंगाना र डा. सुन्दर मणी दीक्षित खुला मञ्च पुगेर गठबन्धनको रिले अनसनमा ऐक्यबद्वता जनाउनु भएको हो ।

गठबन्धनले उठाएको माग र एजेन्डा जायज रहेको भन्दै नेता मातृका यादवले गठबन्धनले उठाएको माग सरकारले तत्काल सम्बोधन हुनु पर्ने प्रतिक्रिया दिनुभयो । खोसिएको अधिकार संविधानमा सुनिश्चित गराउन संविधान पुनर्लेखनको माग गर्दै आएको गठबन्धनको आन्दोलन जायज रहेकोले तत्काल वार्ता मार्फत् माग सम्बोधन गर्न उहाँले सुझाव दिनुभयो सुझाव दिनुभयो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..