» » » संजय साहकी श्रीमति रंगिलाले राजेन्द्र महतोलाई लगाउनुभयो यस्तो आरोप (विज्ञप्तिसहित)

काठमाडौ जेठ २३ गते । जनकपुर बमकाण्डको आरोपमा जेलमा रहनु भएका संजय साहका श्रीमती रंगिला देवी यादवले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो श्रीमानलाई फाँसाउने प्रपंच रचेको आरोप लगाउनु भएको छ ।
मधेशी जनता तथा युवामा लोकप्रियता हेरि उहाँ जस्तो इमान्दार, क्रान्तकारी, जुझारु नेतालाई राजनैतिक जीवन समाप्त गर्ने षडयन्त्रमा सामेल भइ झुठा मुद्दा मामिलामा फसाउने जस्ता घृणित कार्य गर्ने तथा समानुपातिक सभासदको चयनमा आफ्ना निचता सिद्ध गरि सकेका व्यक्तिको नेतृत्वमा रहेको सद्भावना पार्टीले जनतामा भ्रमण् फैलाउने मलाई केन्द्रीय सदस्य बनाइएकोले आफू सदभावना पार्टी नामक नीजि कम्पनीको कुनै समितिमा नरहेको विज्ञप्तिमा उहाँले उल्लेख गर्नुभएको छ
उहाँले मधेशी जनतको समान हकको संघर्षलाई राजेन्द्र महतो जस्तो कपटी व्यक्तिहरुले आफ्नो दुनो सिधा गर्ने माध्यम बनाई जनताको बलिदानलाई सत्तासँग साटी सिधा सोझा मधेशी जनताको भावनासँग खेलवाड गरेको आरोप विज्ञप्ति मार्फत लगाउनु भएको छ ।

केही दिन पहिले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी कार्यसमिति पुनःगठन गरि रंगिला देवी यादवलाई केन्द्रीय सदस्य बनाउनु भएको थियो । यसअघि संजय साह सो पार्टीका उपाध्यक्ष थिए तर महतोले अहिले हटाई दिनुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..