» » तौलिहवा नगरीलाई सुन्दर बनाउन प्लाष्टिक गिलास प्रयोगमा रोक


मनिष गुप्ता
कपिलबस्तु जेष्ठ २५ गते । ऐतिहासिक तौलिहवा नगरीमा साउन १ देखि प्लाष्टिक गिलासको प्रयोग निषेध गर्ने निर्णय गरिएको छ । सरसफाईमा दयनीय रहेको तौलिहवा नगरलाई सुन्दर र स्वच्छ बनाउन नगरपालिका सहीत सरोकारवालाको बैठकले प्लाष्टिकका गिलास प्रयोग, बिक्रीबितरणमा रोक लगाएको हो ।

बैठकले प्लाष्टिक गिलासको प्रयोगलाई निरुत्साहीत गर्न तौलिहवा उद्योग बाणिज्य संघ तथा होटल एवं रेष्टुरेन्ट ब्यवसायी संघसंग समन्वय गर्ने निर्णय गरिएको छ ।

सरकारी कार्यालयमा समेत अहिले सम्म प्लाष्टिक गिलास मै चिया खाने गरिएको भएपनि नगरको सरसफाईको सुरुवात स्वरुप प्लाष्टिक गिलासलाई निरुत्साहीत गर्न यो कदम चालिएको नगरपालिका कार्यकारी अधिकृत निरन भट्टराईले बताउनुभयो ।

सुरुमा जिल्लाभरका सरकारी कार्यालयहरुमा प्लाष्टिकका गिलास निषेध गर्ने र क्रमशः जिल्लाभरमा लागु गर्दै जाने कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेको भनाइ छ । नगरमा रहेको नाली, बसपार्क, हाट बजारलाई ब्यबस्थित बनाउनु पर्ने, सार्वजनिक शौचालय बनाउनु पर्ने, छाडा चौपायाको ब्यवस्थापन गर्नुपर्ने, टोल–टोलमा सरसफाई समिति गठन गर्नु पर्नेमा जोड दिईएको छ ।

तीन वर्ष अघि नै जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जिल्लाभर प्लाष्टिकको गिलास प्रयोगमा रोक लगाएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..