» » बेहँडाबाबा धाममा दशहारा मेला

कैलाली, असार १ गते । गङ्गा दशहराको अवसरमा कैलाली जिल्लाको प्रसिद्ध बेहँडाबाबा धाममा लागेको मेलामा आज एक लाख भक्तजनले दर्शन र पूजा गरेका छन् ।

मेला आयोजक समितिले कैलाली, कञ्चनपुर, बर्दिया र भारतबाट आएका एक लाख बढी भक्तजनले आज पहिलो दिन बेहँडावाबाको दर्शन र पूजा गरेको जनाएको छ ।

मेला भर्न भारतबाट ठूलो सङ्ख्यामा भक्तजन बेहँडाबाबा धाममा ओइरिएका छन् । बेहँडाबाबालाई भारतीय भक्तजनले आफ्नो कुल देवताका रुपमा पुज्ने गरेका छन् ।

मेलालाई लक्षित गरी धनगढीलगायतका क्षेत्रबाट बेहँडाबाबाधामसम्म बस सेवा सञ्चालन गरिएको छ ।

धनगढी देखिझण्डै १५ किमी उत्तरपूर्वमा रहेको यो पवित्र स्थलमा उचित बाटोलगायतका आवश्यक भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन ।

सोमबारदेखि बेहँडावाबा धाममा गङ्गा दशहरा धार्मिक महोत्सव एवम् ज्ञान महायज्ञ समेत आयोजना गरिएको छ ।

प्राचीनकालमा अहिलेकोे बेहँडाबाबा धाम रहेको जङ्गल क्षेत्रमा गाईवस्तु चराउँदै गरेका भारतका एक ग्वाला (गोठाला) ले आफूले चराउने गरेको गाईमध्ये एक गाईले नियमितरुपमा दूधको धारा भूइँमा खसाउने गरेको देखेका थिए ।

गाईले भूँईमा दूध खसाउनुको कारण पत्ता लगाउँदै जाँदा उक्त स्थानमा शिवलिङ्ग फेला पारेपछि त्यसै समयदेखि नै त्यस क्षेत्रमा बेहँडाबाबा मन्दिर निर्माण गरी शिवलिङ्गको पूजा अर्चना गरिँदै आएको हो भन्ने किम्बदन्ती छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..