» » निर्वाचनको बारेमा छलफलमा


काठमाडौँ, असार ९ गते । प्रधानमन्त्री केपी शर्मा ओली र कावा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच स्थानीय निर्वाचनको विषयमा छलफल भएको छ ।

सो अवसरमा कावा प्रमुख निर्वाचन आयुक्त डा यादवले स्थानीय निर्वाचनका लागि आयोगको तयारीका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउनुभएको आयोगका सहसचिव वीरबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय निर्वाचनसम्बन्धी कानुन निर्माण गर्नुपर्ने एवम् प्राविधिक विषय प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले स्थानीय निर्वाचनको तयारीका लागि आयोगलाई सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा निर्वाचन आयुक्त इला शर्मा र आयोगका सचिव शारदाप्रसाद त्रिताल पनि सहभागी हुनुहुन्थ्यो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..