» » रौतहटका २२ जना नेताफोरम नेपालमा प्रवेश


काठमाडौं, जेठ २६ गते । संघीय गठबन्धनको जारी आन्दोलनसँगै गठबन्धनको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको लहर झन् तीब्र बनेको छ ।

यसैक्रममा, रौतहटका जिल्ला तथा केन्द्र स्तरका प्रभावशाली नेताहरुको एउटा ठूलो समूह बुधबार फोरम नेपालमा प्रवेश गरेको छ ।

फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा आयोजित एक समारोहमा रौतहटका २२ जना प्रभावशाली नेताहरु पार्टी प्रवेश गरेका हुन् ।
रौतहटमा एमाले नेता माधव कुमार नेपालको विश्वास पात्र एमाले नेता रेवन्त झा समेत फोरम नेपाल प्रवेश गरेपछि रौतहटमा एमालेलाई ठूलो झड्का लागेको छ ।

एमालेका जिल्ला नेताहरु भगवान प्रसाद जायसवाल, विरेन्द्र पटेल लगायतका रौतहटका प्रभावशाली नेताहरु पनि पार्टी प्रवेश गरेका छन् । रौतहट स्थित नेपाली कांग्रेसका नेता राजगीर राम यादव, रामईश्वर राय यादव, छोटेलाल यादव, दिपेन्द्र यादव फोरम नेपाल प्रवेश गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट उद्योग वाणिज्य महासंघका महासचिव वृज किशोर यादवको पार्टी प्रवेशले रौतहटमा कांग्रेसलाई ठूलो क्षति भएको छ ।

सद्भावना पार्टीका जिल्ला नेता गंगाधर प्रसाद कर्ण, स्वतन्त्रबाट राजेन्द्र कुमार कर्ण र विनोद प्रसाद केशरी, रामसपाबाट राज कुमार दास पनि पार्टी प्रवेश गरेका छन् ।

त्यसैगरी, गोइत समूहका केन्द्रीय महासचिव राघवेन्द्र झा पनि फोरम नेपाल प्रवेश गरेका छन् ।

फोरम नेपालका चर्चित नेता एवं पूर्व सभाषद् बबन सिंहको विशेष पहलमा रौतहटका नेताहरु फोरम नेपाल प्रवेश गरेका हुन् । नवप्रवेशी सबै नेताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत तथा बधाई दिनुभएको थियो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..