» » पहिलो सरसफाई सम्ममेल गणेशपुरमा


मनिष गुप्ता
कपिलवस्तु , असार ४ गते । कपिलवस्तुको विकट पश्चिमी क्षेत्रमा पर्ने गणेशपुर गाविसले जिल्लामै पहिलो गाविसको रुपमा सरसफाई सम्मेलन गरेको छ ।

गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणका लागि योजना तयार र प्रतिवद्धताको लागि सरसफाई सम्मेलन गरिएको हो । युनिसेफ÷ गरिवी निवारण केन्द्र (पिस नेपाल) कपिलवस्तुको सहयोग र गणेशपुर गाविस स्तरिय खानेपानी सरसफाई तथा स्वचछता समन्यव समितिको आयोजनामा उक्त सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले गविसलाई कार्तिक मसान्तसम्म खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने गरी ७ बुदे घोाषणा पत्र समेत सार्वजनीक गरेको छ । घोषणा पत्रमा तत्काल गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गर्नको लागि सरकारी तथा गैर सरकारी संस्था संग मिलेर कार्य गर्ने चर्पी निर्माण गर्नको लागि सवै सयन्त्र प्रयोग गर्ने , स्थानीय स्रोत तथा साधन परिचालन गर्ने जस्ता वुदाहरु उल्लेख गरीएको छ ।

गाविसमा सरसफाई  सम्वन्धी र्याली समेत निकालिएको थियो , विभिन्न गाउंहरु परिक्रममा गरी र्याली गणेशपुर गाविसमा पुगी सम्मेलनमा परिणत भएको थियो ।

गाविसले तयार गरेको योजना र सम्मेलन बाट तयार गरिएको ७ बुदे घोषणा पत्र कार्यान्वयनको लागि राजनैतिक दल तथा सम्पुर्ण सरोकारवाला निकायहरु लाग्नु पर्ने गाविस सचिव विजय कुमार ठाकुरले बताउनुभयो ।

साथै ठाकुरले  गाविसको सरसफाई अवस्थाको बारेमा बताउदै  हरेक कार्यक्रममा चर्पी निर्माण कार्यलाई अग्रस्थानमा राखेर कामहरु गरिने समेत बताउनुभयो ।

सम्मेलनमा जिल्लाको खानेपानी तथा सरसफाईको अवस्थाको वारेमा जिल्ला विकास समितिका वास पिल्ड संयोजक अनिल  पाण्डेले जिल्लाको बारेमा जनाकारी दिनुभएको थियो ।

जिल्लामा पहिलो पटक सम्मेलन मार्फत सरसफाईको योजना निर्माण भएको हुदा अन्य गाविसले यसको सिको गर्नु पर्ने समेत पाण्डेले बताउनुभयो ।

त्यस्तै जिल्ला सरसफाई नेता दयाराम शर्माले सरसफाईको आत्मजागरण चक्र तथा समुदायको भुमिकाको बारेमा जानकारीहरु दिनु भएका थियो ।

समुदायको सहभागितामा आनिवानी परिवर्तन र खुल्ला दिसा मुक्त अभियानमा समुह निर्माण गरि बृहत जनचेचना गराउने समेत उहाँले जानकारी गराउनु भएको छ ।

गाणेशपुर स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष गुरु· सञ्चालन र गाविस प्राविधक     स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा काजिग गणका  सेनानी    देव बहादु गुरु·    इलाका प्रहरी गाणेशपुर ,  शसस्त्र प्रहरी डालपुर , गरिवी निवराण केन्द्रका अध्यक्ष सदानन्द प्रसाद चौधरी ,  विद्यालयका प्रअ , विद्यालय वयवस्थापन समितिका अध्यक्ष , सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधी, वडा नागरिक मंच नागरिक सचेतना केन्द्र र स्थानीय सर्वसाधारण करी ४ सय जनाको उपस्थिती रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..