» » मातृका यादवले भन्नुभयो, नेतृत्व गर्ने क्षमता प्रचण्डमा मात्र छ (हेर्नुस् भिडियो पनि)


काठमाडौ जेठ २२ गते । तराई मधेशको भइरहेको आन्दोलनको नेतृत्व दलाल, पूजीपति, जमिन्दयारहरुले गरिरहेको आरोप लगाउँदै यिनीहरुबाट मधेशको मुक्ति सम्भव नरहेको दावी गर्नुभयो ।

हिजो महोत्तरीको वर्दिवासमा नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको एकता भेला तथा प्रशिक्षण कार्यक्रमम बोल्नु हुँदै उहाँले मधेश मुक्तिका लागि माओवादीले बलिदानी दिएको थियो तर मधेश आन्दोलनमा त्यसैलाई निषेध गरेको बताउनुभयो । मधेशमा कार्यक्रम गर्दा त्यसलाई हुन नदिने, भयो भएभने त्यसलाई विथोलि दिने काम भएको दावी गर्दै उहाँले अब मधेशमा एक मधेश प्रदेशका लागि आन्दोलन हुने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, म प्रचण्डको जति आलोचना गरेपनि आन्दोलोलनको नेतृत्व गर्ने क्षमता उहाँमा नै छ । र, अबको आन्दोलनको नेतृत्व उहाँले नै गर्नुहुन्छ । हामीले सावा सात वर्ष पार्टी अलग गरेर पनि हेरियौं तर सकेनौ । प्रचण्ड जतिको उचाई लिन सकेनौ । त्यसैले एकता समयको माग थियो र त्यही अनुसार एकता भयो पनि ।

पहिलो सविधानसभापछि प्रचण्डको उचाई यस्तो थियो कि उहाँले तल कहिले हेर्नुभएन, अरु अरुलाई त गिन्न पनि छाड दिनुभएको थियो तर दोस्रो सविधानसभाको चुनावपछि यसरी तल झर्नुभयो कि आफ्ना वरिपरीलाई खोज्न थाल्नुभयो, नेता मातृकाले भन्नुभयो, मलाई पनि उहाँले एउटा कार्यकर्ताकै जस्तै फोन गरेर सिरहामा बोलाउनु भयो र एकताका लागि कुरा अगाडि बढेको थियो ।

उहाँले अहिले पनि दुई प्रवृतिबीचको संघर्ष कायम रहेको बताउनुभयो । दाउरा सुरुवाल र धोती गमछाबालाको बीचमा संघर्ष जारी रहेको उल्लेख गर्दै उहाँले दाउरा सुरुवालमा पनि जसले क्रिच लगाएर सफा टिलिक्क टल्काएका हुन्छन् उहाँहरुसँग संघर्ष रहेको उल्लेख गर्नुभयो । 

मधेशमा पनि सबै  धोती गमछा लिएकाहरु एकै नाशका छैन, धेरैजसो दलाल प्रवृतिका छन्, जोसँग लड्नुपर्ने आवश्यकता रहेको दावी गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..