» » बलत्कृत महिलालाई सहयोगको अवश्यकता


कपिलवस्तु असार १ गते । सशस्त्र प्रहरी जवानहरुबाट बलत्कृत भइ अस्पतालमा भर्ना भएकीलाई उपचारमा समस्या भएको छ । पिडित महिलाको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको पारिवारीक स्रोतले जनाएको छ ।

स्थानीयले आज आन्दोलन गरेपछि सशस्त्र प्रहरी गणले तत्काल १५ हजार पियाँ सहयोग गरेको छ । सहयोगको साथै तीन दिनभित्र छानविन गरि दोषीलाई कारवाही गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।
त्यसैगरि पीडित महिलाको उपचारमा सहयोगका लागि कपिलवस्तुमा रहेको दियालो नेपाल सस्थाले पाँच हजार, अन्दुल कलाम खानले ३ हजार रुपियाँ, केशव पाण्डेले ३ हजार रुपियाँ, राज कुमार सिलवालद्धारा २ हजार रुपियाँ, मेधनाथ उपाध्याद्धारा २ हजार,  हुमकान्ता खनालद्धारा २ हजार रुपियाँ संकलन भएको छ । संकलित रकम आजै पिडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
बलात्कारबाट पीडित महिलालाई उपचारका लागि सहयोग गर्न चाहनु हुन्छ भने कपिलवस्तुका पत्रकार मनिष गुप्तालाई ९८५७०५६६६६ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..