» » महाधिवेशनको बारेमा तमलोपाले गरे मधेशी पत्रकारसँग छलफल


काठमाडौ जेठ २५ गते । तराई मधेश लोकतान्त्रिक पार्टीले आज मधेशी पत्रकारहरुसँग आफ्नो महाधिवेशनको बारेमा छलफल गरेको छ ।

महाधिवेशन प्रचार प्रसार समितिका संयोजक जितेन्द्र सोनलले काठमाडौमा आफ्नै पत्रिका, अनलाइन तथा अन्य मेडियामा कार्य गर्ने मधेशी पत्रकारहरुसँग महाधिवेशन तयारीको बारेमा छलफल गर्नुभएको छ ।

असार ६ गतेदेखि ८ गतेसम्म नवलपरासीको रामग्राममा हुने पहिलो महाधिवेशनलाई कसरी सफल पार्ने विषयमा संयोजक सोनलले गम्भीर रुपमा छलफल गर्नुभएको छ । महाधिवेशनलाई भव्य रुपमा सफल पार्नका लागि कसरी प्रचार प्रसार गर्ने त्यसका लागि के के गर्नुपर्ने लगायतका सुझाव समेत माग गर्नुभएको थियो ।

महाधिवेशनका लागि तमलोपाले पर्चा पम्पलेट टाँस्नुको साथै वालपेन्टीगं र होडिगंवोर्डहरु पनि देशैभरि झुण्ड्याएको छ । खास गरि उपत्यका लगायतका मधेशका सम्पूर्ण जिल्लामा महाधिवेशनको प्रचार प्रसार तीब्र रुपमा चलिरहेको जानकारी सो अवसरमा संयोजक सोनलले दिनुभयो ।

साथै, महाधिवेशनका लागि गठन भएको विभिन्न ११ समितिहरुले पनि आआफ्नो जिम्मेवारी अनुसारको कार्य तिब्र रुपमा अगाडि बढाई रहेको छ । सबैको कार्य अन्तिम चरणमा रहेको बताएको छ ।

छलफलमा संयोजक सोनललगायत समितका अन्य सदस्य सुरेश मण्डल, राकेश मिश्र, गौरव वार्मालगायतको उपस्थिति थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..