» » सदभावना र तमलोपाको एकीकरण प्रसङ्ग

-योगेन्द्र राय यादव
 म आफ्नो यो बिचार सामाजिक संजाल मार्फत लेखिरहदा मधेश केन्द्रित राजनीतिक दलका दिशा र दशालाई केन्द्रित गरेर लेख्न खोजेको हो ।

 संयोग भन्नौ या निर्धारित तालिका होस मधेश केन्द्रित प्रमुख दुई पार्टी सदभावना र तमलोपाको अति महत्त्वपूर्ण संगठनात्मिक कार्य जारी रहेको छ ।

एकातिर तमलोपाको प्रथम महाधिबेशन जारिरहेको छ भन्ने अर्को तिर सदभावना पार्टी को अति महत्व बोकेका कार्यसम्पादन समितीको बैठक पनि काठमाण्डौमा हुदैछ ।

दुइटै पार्टी का लागि यी बैठक महत्व राख्दछ र बैठक र महाधिवेशन संगै दुइटैमा एक अर्काका बीच एकताका प्रसंग जोडले बहसका बिषय बनेको पनि हुनु्पर्छ । यो बहस कुनै अप्रासंगिक र  अवैज्ञानिक पनि छैन , बैज्ञानिक र वस्तुगत हिसावले पनि महत्व बोकेका छन ।

एउटै धारातलिय आधार , एउटै बैचारिक चिन्तन , एउटै परिवेश बोकेका राजेंद्र महतो र महन्थ ठाकुरको एकताले मधेशमा एउटा नया तरंग उत्पन्न हुने प्रवल संभावना रहेका छन । यी दुई दलका मिलनले कोर मधेशका धारातलिय ईश्युलाई अझै मलजल हुने छन जुन पछिल्लो कालमा फोरम नेपालका राजनैतिक कार्यदिशाले कमजोर भएका छन ।

रातारात राष्ट्रीय नेता बन्ने उपेन्द्र यादवको आकांक्षा र राजेन्द्र /महन्थको मौनताले सतही रुपमा मधेशवादका कोर मुद्धा धुमिल हुन थालेको अधिकांश जनताको प्रतिक्रिया रहेको छ । महन्थ र राजेन्द्र ले आ /आफ्नो बैठक र महाधिवेशनबाट एकताका लागि औपचारिक  घोषणा गरेर यसका लागि सफल प्रयास गरेमा मात्र यी दुई दल र नेताका कद बढने छन ।

मधेश मुद्धा र बिचार बाट राजनीतिक यात्रा शुरुवात गरेका महतो र लोकतांत्रिक  समाजवादका मूलभूत सिद्धांत बोकी राजनितिक वृतमा उदाएका मधेशी  नेता ठाकुरबीचको एकताले गैर मधेशवादी दल लगायत सरकारी मधेशवादी सहितका अवसरवादीहरुको लागि एउटा चुनौति संगसंगै तमलोपा र सदभावना पार्टी का भोलिका दिनमा  अस्तित्वको हिसाबले पनि सार्थक हुनेछ । अत : विलम्व नगरो एकताका लागि सबै जना प्रयास गरौ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..