» » पूर्व उपराष्ट्रपति झा र डा.शेखर कोइरालाद्वारा अनसनमा ऐक्यबद्वता (फोटो फिचर)


काठमाडौ जेठ ३२ गते । पूर्व उपरष्ट्रपति परमानन्द झा र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय गठबन्धनले जेठ २५ गतेदेखि शुरु गरेको रिले अनसनमा ऐक्यबद्वतासहित समर्थन जनाउनु भएको छ ।

आज खुला मञ्च पुगेर गठबन्धनले उठाएको माग जायज रहेको र सरकारले त्यसलाई तत्काल सम्बोधन गर्नु पर्ने माग गर्दै उहाँहरुले जारी रिले अनसनप्रति ऐक्यबद्धता जनाउनु भएको छ ।

आठौं दिन जारी अनसनलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति झाले जनताको जायज सम्बोधन गर्न ढिलाई गर्न नहुने सरकारलाई सुझाव दिनु भएको छ ।

झाले अनसनको हस्ताक्षर पुस्तिकामा लेख्नु भएको छ, ‘न्यायोचित एवं समान अधिकारका लागि विगतदेखि संघर्षरत एवं आन्दोलित रहेपनि सरकारको रवैया सहानुभूतिपूर्ण नरहेको र पुनः आन्दोलनको कार्यक्रम अन्तगर्त रिले अनसनमा बस्नु भएको सबै सहभागी दलप्रति आफ्नो हृदयदेखि धन्यवाद ज्ञापन गर्दै उहाहरुको यस सराहनिय कार्य र सहभाीमा मेरो पूर्ण समर्थन छ ।’

त्यस्तै, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनको माग सम्बोधन नहुदाँसम्म संविधान कार्यान्वयन हुन नसक्नेतर्फ सरकारलाई सचेत गराउनु भएको छ । अनसनप्रति समर्थन जाहेर गर्दै डा.कोइरालाले वार्तामार्फत यथासीघ्र गठबन्धनको माग सम्बोधन हुनु पर्ने बताउनुभयो ।

‘यथा सम्भव शीघ्र वार्ता र सम्बादबाट सम्पूर्ण समस्यको समाधान खोज्न जरुरी छ । वार्ता र संवादबाट सबै समस्याको समाधान सम्भव छ, प्रतिबद्धतापूर्ण प्रयत्नको आवश्यकता छ’– डा. कोइरालाले हस्ताक्षर पुस्तिकामा उल्लेख गर्नुभएको छ ।

डा. कोइरालाको नेतृत्वमा ऐक्यबद्धता जनाउन अनसन स्थल पुगेको कांग्रेसको टोलीमा आनन्द प्रसाद ढुंगाना, दिलेन्द्र प्रसाद बडु, दिनेश चन्द्र थपलिया, रामकृष्ण यादव, दिपक खड्का, कृष्णचन्द्र नेपाली र चिनकाजी श्रेष्ठको लगायत सहभागिता रहेको थियो ।

यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमरेश नारायण सिंहले पनि आज (सोमबार) रिले अनसनप्रति ऐक्यबद्धता जनाउँदै मागप्रति समर्थन गर्नुभएको छ । खुला मञ्च पुगेर नेता सिंहले गठबन्धनले अघि सारेको माग सम्बोधनका लागि तत्काल सार्थक पहल थाल्न सरकारलाई सुझाव दिनुभयो ।



About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..