» » तमलोपा महाधिवेशनः बन्दशत्रमा विधान प्रस्तुत


नवलपरासी, असार ७ गते । यहाँ जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र शुरु भएको छ ।

बन्दसत्रमा संशोधनसहित पार्टीको विधान प्रस्तुत भइरहेको छ । पार्टीका नेता बृजेश गुप्ताले विधान प्रस्तुत गर्दै हुनुहुन्छ ।

बन्दसत्रमा पार्टीको नयाँ दस्तावेज, मधेस आन्दोलनको समीक्षा र भावी योजनाका साथै पार्टीको सङ्गठनात्मक संरचना विषयमा छलफल हुने आयोजक जिल्ला नवलपरासी तमलोपाका उपाध्यक्ष पुरन चौधरीले बताउनुभयो ।

महाधिवेशनको बन्दसत्र सदरमुकाम परासीस्थित आदर्श उमाविको प्राङ्गणमा जारी छ ।

आज दिनभरिमा पार्टीको विधान र राजनीतिक दस्तावेज पारित भएपछि बुधबार बिहानदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी स्रोतले जनाएको छ ।

यस पटकको पार्टीको निर्वाचन अन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोत जनाएको छ ।

महाधिवेशनमा पार्टीको संशोधित विधानमा तराईमा दुई प्रदेशसहितको सात प्रदेश पार्टीको विधानमा उल्लेख गरी राजनीतिक दस्तावेज पारित गरिने बताइएको छ ।

महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन् । विशेष गरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोका रुपमा हेरिएको छ ।

महाधिवेशनका कारण जिल्लामा शान्ति सुरक्षा समेत कडा बनाइएको छ । महाधिवेशन बुधबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..