» » मृत फेला


राजविराज, असार ६ गते । सप्तरीको राजविराज नगरपालिका–८ मा आइतबार साँझ अत्यधिक मदिरा सेवन गरी हिँड्ने एक व्यक्ति मृत फेला परेका छन् ।

मृत्यु हुनेमा रामेछाप फुलासी गाविस–२ घर भई हाल राजविराज नगरपालिका–८ मै बस्दै आएका ५१ वर्षीय चंखे भनिने डम्बर पाण्डे रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पाण्डेको कुन कारणले कसरी मृत्यु भएको खुल्न नसकेको र यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

झुन्डिएर आत्महत्या

सप्तरीको हर्दिया गाविस–५ मा आइतबार आँपको रुखमा झुन्डिएर एक व्यक्तिले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा ३३ वर्षीय प्रेमबहादुर बुर्जामगर रहेको प्रहरीले जनाएको छ ।

मगरले आफ्नै घर नजिकै रहेको आँपको रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मगरले कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..