» » ६ दिनको लगातार बैठकले सद्भावना पार्टीले गर्यो यस्तो निर्णय (हेर्नुस् लिस्ट)


२०७३÷०३÷१०

निर्णय

सद्भावना पार्टी राष्ट्रिय कार्य सम्पादन समितिको मिति २०७३ अषाढ ४ देखी ९ गते सम्म पार्टी केन्द्रीय कार्यालय, बानेश्वर, काठमांण्डौमा पार्टीका राष्ट्रिय अध्यक्ष श्री राजेन्द्र महतो ज्यूको अध्यक्षतामा सम्पन्न बैठक द्धारा निम्नानुसार निर्णयहरु गरियो ।


राजनैतिक निर्णय ः

समतामूलक समाजको स्थापना, सामाजिक न्याय, विभेद रहित समाज एवं मधेशी–थारु, दलित, मुस्लीम एवं जनजातिको पहिचान, पहुँच, समान प्रतिनिधित्व, सम्मान र स्वाभिमानको निम्ति विगत तीन दशक देखी अनवरत संघर्षरत सद्भावना पार्टी सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच २०६४ फाल्गुन १६ गते भएको एतिहासिक ८ बुँदे सम्झौता विपरित तथा मधेशीले नेपालको अन्तरिम संविधानद्वारा प्राप्त सिमित अधिकार समेत खोस्ने गरी अन्ततः ठुला पार्टी भनाउदाका सिमित नेताहरु आफनो स्वार्थ अनुकुल नेपालको संविधान २०७२ जारी गरे देखी विभेदकारी संविधान विरुद्ध आन्दोलित हुनु मधेशी समुदायको बाध्यता हो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आवहान तथा मधेशी जनताको  अभूतपूर्व सहभागितामा ऐतिहासिक मधेश जनआन्दोलन २०७२ श्रावण ३१ गते देखी नै जारी रहेको छ । जारी मधेश आन्दोलनमा शहादत दिने महान वीर शहिदप्रति श्रद्धासुमन अर्पण गर्दै घायलहरुको शीघ्र स्वास्थ्य लाभको यो राष्ट्रिय कार्य सम्पादन समितिको वैठकले कामना गर्दछ । हाल संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघिय गठबन्धन द्वारा आन्दोलनको स्वरुप परिवर्तन भई काठमाण्डौ केन्द्रित आन्दोलन जारी रहेको छ ।

समय छदै उपेक्षित आक्रोशित मधेशी जनताको सम्मान गर्दै आन्दोलनको परिवर्तित स्वरुपबाट सरकारलाई प्राप्त सहज परिस्थितीको लाभ लिदै राज्यले अविलम्ब माँग सम्बोधन गर्नुपर्दछ, अस्पतालको सैयामा छटपटाईरहेका घाईतेहरुको घाउमा मलहम लगाउनुपर्दछ, परिवर्तित आन्दोलनको स्वरुपलाई पराजय या समाप्त भएको भन्ने भ्रममा परी आलटाल गर्ने प्रयास गरे राज्यले भयंकर दुर्घटना÷क्षतीको सामना गर्नुपर्ने हुनसक्छ । जुन परिस्थितीको सम्पूर्ण जिम्मेवारी सरकारको  हुनेछ ।

जारी आन्दोलन सम्बन्धमा ः


अभूतपूर्व जनसहभागिता र जनप्रतिरोधका कारण जारी मधेश आन्दोलन परिवर्तनका निम्ति भएका विश्व आन्दोलनकै इतिहासमा अविस्मरणिय रहनेछ । योे ऐतिहासिक जनआन्दोलनमा लाखौ मधेशी जनता कयौ दिन सम्म सडकमा निरन्तरसम्म रहे । संसारलाई नै चकित पार्ने गरी मेची देखी महाकालीसम्मका विशाल मानव सांगलो, सीमा नाका अवरोध लगायत आन्दोलनले अनेकौ कृति स्थापित गरेका छन् ।

अहिले आन्दोलनको स्वरुप फेरिएको छ तर आन्दोलन जारी नै छ । आन्दोलनको परिवर्तित स्वरुप आन्दोलनलाई नया ढंगले अगाडी बढाउनलाई हो । अवको आन्दोलन निर्णायक÷वारपारको हुने निश्चित भएको हुँदा सोही अनुरुप शक्ति संचय एवं व्यापक तयारी पनि आवश्यक रहेको छ । जसको निम्ति पार्टीको आफनो र आन्दोलनरत मोर्चाले अझै शक्ति संचय गर्नु आवश्यक रहेको छ । शक्ति संचय गर्दै जारी आन्दोलनलाई अझ मर्यादिन र सचेत ढंगले अगाडी बढाउनु आवश्यक छ ।

जारी मधेश जनआन्दोलनमा पार्टीले गरेको नेतृत्वदायी भूमिका र अडानका कारण जनतामा पार्टी प्रति ठुलो भरोसा, विश्वास बढेको छ । पार्टीको नेतृत्व पंक्तिको समर्पण त्यागका कारण आज पार्टी उत्पीडित जनताको विचमा लोकप्रिय बनेको छ । पार्टी प्रति आकर्षण पैदा भएको छ । हाल संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहित संघीय पहिचानवादी शक्तिहरु सम्मिलित संघिय गठबन्धनद्वारा काठमाण्डौ केन्द्रित प्रचारात्मक एवं रक्षात्मक, शान्तिपूर्ण आन्दोलको कार्यक्रमहरु जारी रहेका छन् । तर

प्रचारात्मक एवं रक्षात्मक चरणको अन्त्य भए संगै आन्दोलन पुनः मधेश केन्द्रित एवं भिषण हुने निश्चित छ । काठमाण्डौबाट खाली हात मधेशी, जनजाति, मुस्लिम, दलित लगायत का उत्पीडित समुदाय फर्किनु परे निश्चित रुपमा स्थिती सामान्य रहने  छैन ।

बार्ता एवं संवाद सम्बन्धमा ः

मधेश जनआन्दोलन उत्कर्षमा रहदा सरकार पटक पटक संवादको आवहान गरयो तर सार्थक वार्ता कहिल्यै गरेन, वार्ता जस्तो नाटक गरेर देशलाई झुक्याउने गरेको मात्र देखियो ।

आन्दोलन चलिरहदा पटक पटक निर्णायक वार्ता भन्ने तर वार्ता प्रति रतिभर पनि  गम्भिर  नहुने, बरु आन्दोलनमा अझ बढी दमन, हत्या, हिसां चर्काउने, आस्थाको आधारमा  मुद्दाहरु लगाई फसाउने तथा वार्ता भाडने काम निरन्तर सरकारले गरी रहयो । राष्ट्रिय अन्तर्राष्ट्रिय निकायलाई देखाउन ३६–३६ पटकसम्म सरकारले वार्ताको नौटकी मात्रै गरेर आन्दोलनलाई तुहाउने तुषको रुपमा प्रयोग गरयो ।

हालै पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सरकारले वार्ताको निम्ति पत्र लेख्यो हामी त्यसलाई सकारात्पक रुपमा पनि लियौ । सरकार पहिल्यै पनि विना तयारी वार्तामा बसेको पटक पटकको वार्ता भंग भएपछिको निष्कर्स हो । सरकार दमन गरेर आन्दोलनलाई समाप्त गर्ने रणनीतिमा वार्ताको पनि उपयोग गरेको स्पष्ट हुदाहुदै पनि मोर्चा पनि वार्ताको नाटकमा पटक पटक साथ दिनु र सहभागि हुनु हामी आन्दोलनकारीहरुको ठुलो कमजोरी पनि रहन गयो ।

पार्टी एवं मोर्चा बार्ता र संवादको विरोधी होईन तर बार्ता र संवाद आन्दोलन तुहाउने हतियारको रुपमा प्रयोग हुने भएपछि त्यस्तो वार्ताको कुनै औचित्य हुन्न तसर्थ पार्टी केवल सार्थक वार्ताको पक्षमा छ । हाल सम्म पनि मोर्चाले पठाएको पत्रको उपयुक्त जवाफ सरकारबाट प्राप्त नभए प्रति सरकारको नियत प्रति सशंकित छौ । यो वैठकले पुनः वार्ताको वातावरण बनाउन सरकारलाई आग्रह गर्दछ ।

मोर्चा एवं गठबन्धन सम्बन्धमा ः

जारी आन्दोलनलाई निर्णायक विन्दुमा पुरयाउनको निम्ती आन्दोलनरत विभिन्न दल तथा संस्थाहरु समेत एउटै मंचमा रहनुु आवस्यक छ । पछिल्लो पटक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलीत  संघीय गठबन्धनको निर्माण भएको छ ।

काठमाण्डौ केन्द्रित आन्दोलन एवं अन्य उत्पीडित समुदायको आन्दोलनलाई एक ठाउमा जोडनु आवस्यक भएको हुदा सो उपयोगिताको निम्ति यो गठबन्धनको पनि अपरिहार्यता छ । तर गठबन्धनको निमार्ण भनेको मोर्चाको विघटन होइन, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नेपालको ऐतिहासिक राजनैतिक शक्ति भएको तथा जुन मुद्दामा केन्द्रित भएर मोर्चाको गठन भएको थियो । उक्तमुद्धा टुङ्गोमा नपुगेको हुँदा मोर्चाको अनिवार्यता आवश्यक छ । बरु गठबन्धनमा अवद्ध मोर्चा लगायत अन्य घटकहरु पनि आ–आफनो ठाउमा मजबुत हुन आवश्यक छ । मधेशको न्यायपूर्ण अधिकारहरु स्थापित गर्न र मधेशी जनताको चाहना बमोजिम मोर्चाको अझ सुदृढीकरण एवं एकरुपता आवश्यक छ ।

मधेशवादी दलहरुको वीचको एकता सम्बन्धमा ः

राज्य निरन्तर रुपमा एकल जातिय वर्चस्ववादी हुदै गईरहेको, विभिन्न पहिचान प्रति नृशंस हुदै गएको बखतमा मधेशी, जनजाति लगायतको जनताको मुक्ति, समानता, सार्वभौमसत्तामा समान हिस्सेदारीको निम्ती समान उद्देश्य एवं धरातल भएका मधेशवादी राजनैतिक दलहरु एक हुनु वर्तमान कालखण्डको ऐतिहासिक आवस्यकता हो ।

आन्दोलन सफलताको निम्ति पनि एकता मधेशी अभियन्ता, बुद्धिजिवी लगायत आमजनताको अपेक्षा, चाहना, मांग र निष्कर्स हो । मधेशी जनता गजेन्द्रबाबुले स्थापना गरेका सिद्धान्त अनुरुप एक शक्तीशाली पार्टीको परिकल्पना गरेका छन् ।  सद्भावना पार्टी मधेशी, जनजाति लगायतको अधिकार एवं समानताको मुद्दाका निम्ति विगत तिन दशकदेखी निरन्तर संघर्षरत एकमात्र ऐतिहासिक पार्टी भएकोले समान मुद्दा भएका मधेशवादी दलवीच एकीकरण, एकतार्को पहलकदमी लिनु हाम्रो कर्तव्य पनि हो । यसर्थ सद्भावना पार्टी पुनः मधेशवादी दलहरुवीच एकीकरण, एकताको निम्ति आव्हान गर्दछ ।


भावी रणनीति एवं कार्यदिशा ः

मधेशी, जनजाति, दलितको मुद्दाप्रति कठोर एवं अनुदार हुनुले राज्य जसरी पनि मधेशी जनतालाई थकाउने गलाउने रणनीति लिएको प्रस्ट भएको छ । आन्दोलन सफलता तिर अघि बढीरहदा शाषक वर्ग अन्तीम पटक व्यापक दमन गर्ने गर्छन । शोषक वर्गको यस्तो चरित्र हुनु स्वभाविक पनि  हो । तर अन्ततः जनता कै जित हुन्छ , शासक हार्दछ । संसार भरी यस्तै हुने गरेको छ ।

राज्य पुर्न संरचना उच्च स्तरीय सुझाव आयोगको प्रतिवेदनको आधारमा तराई मधेशमा प्रदेशिक सिमांकन परिमार्जन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण एवं राज्यसभामा प्रतिनिधित्व, सवै अंगमा समानुपातिक समावेशी प्रतिनिधित्व, सेनामा मधेशीको समुहगत प्रवेश, नागरिकता समस्या समाधान एवं नागरिकको संवैधानिक पदाधिकारको समान अधिकार बहुभाषिक नीति, सहितका मधेशका मुद्दा ज्यु का त्यु छन । यस्तो परिस्थितीमा हामीसंग संघर्षको अलावा अरु विकल्प छैन । तसर्थ भावी संघर्षको निम्ति जारी आन्दोलनलाई अझ सशक्त प्रतिरोधात्मक बनाउनु जरुरी छ । महात्मा गान्धीले भन्नु भए जस्तै शान्तिपूर्ण आन्दोलनको उच्चतम स्वरुप भनेको असहयोग आन्दोलन एवं सबिनय अवज्ञा नै हो । जहा संगठित ढंगबाट राज्यलाई हरेक दृष्टिकोणले असहयोग गरिन्छ ।

समग्रमा शान्तिपूर्ण ढंगबाट राज्यविहिन अवस्था सृजना गरिन्छ । शान्तिपूर्ण आन्दोलनको यो उच्चतम रुप हामी जती सशक्त बनाउन सक्छौ त्यती नै सफलताको नजिक हुन्छौ । त्यसको निम्ति स्थानिय स्तरमा प्रशिक्षित र संगठित भई योजनाबद्ध ढंगले अगाडी बढनु जरुरी हुनेछ । सहि विचार, रणनीति, कार्यनीति, ठोस योजना र कार्यक्रम आफै कार्यान्वयन हुदैन । त्यसका निम्ति नया ढंगले क्रान्तिकारी, सुढृढ पार्टी एक अनिवार्य शर्त हो । केवल सही विचार अगाडी सारेर हुदैन बरु त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने पार्टी निर्माणमा ध्यान केन्द्रीत गर्नु विशेष रुपले आवश्यक रहेको हुँदा सांगठनिक सुदृढीकरण आवश्यक रहेको छ ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय विभिन्न शक्तिहरुसंग छलफल समन्वय गरी मधेशी लगायत उत्पीडित जनताको पक्षमा उपयोग गर्दै तराई मधेशका सम्पूर्ण मधेशी–थारु, जनजाति, मुस्लीम, दलित, पिछडावर्ग र तराईका पहाडी विच मनोवैज्ञानिक भावनात्मक एकताबद्ध हुन आवश्यक छ । मधेश आन्दोलन राष्ट्रियमुक्ति आन्दोलन भएको हुदा तराइ मधेशका जनताबाहेक पहाडका आदिवासी जनजाति, दलित लगायत न्यायप्रेमी जनतालाई मुद्धा प्रति सहमत गराइदै आआफनो क्षेत्रमा आन्दोलित हुन उत्प्रेरित गर्नु जरुरी छ । मधेशका मुद्दा अन्तर्राष्ट्रियकरण त भई नै सकेको छ । अव अझै राज्यको व्यवहार एवं आन्दोलन समेतलाई अन्तर्राष्ट्रियकरण गर्दै सरकारलाई विश्वबाटै एकल्याउनु जरुरी हुनेछ । सद्भावना पार्टी मधेशी लगायत उत्पीडित जनताको असली प्रतिनिधि एवं ऐतिहासिक जिम्मेवार पार्टी भएको नाताले उपरोक्त ऐतिहासिक दायित्व एवं जिम्मेवारी हाम्रो काँधमा आईपुगेको छ ।

हाम्रो पछिल्लो आन्दोलनको स्वरुपले गर्दा राज्य कमजोर त भईसकेकै छन अव अन्तीम धक्का दिनु आवस्यक छ । आसन्न संघर्षले राज्य झुक्ने निश्चित छ । मधेशी–थारु, जनजाति, दलित, मुस्लीम, पिछडावर्ग तथा विभेदमा परेका समुदायले अधिकार, मान–सम्मान पहुच प्रतिनिधित्व पाउने छन । हाम्रो विजय सुनिश्चित छ ।

समसामयिक राजनीतिक निर्णयहरु ः

१) संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनद्वारा सरकार समक्ष राखेको माँग अविलम्ब पुरा गरी वीरगति प्राप्त गरेका योद्धाहरुलाई शहिद घोषणा, शहिदपरिवारलाई क्षतिपूर्ति पुरा गर्न यो बैठकले जोडदार माँग गरेको छ ।

२) आन्दोलनको अवधीमा आस्थाका आधारमा लगाईएका मुद्दाहरु अविलम्ब फिर्ता गरिनुपर्दछ साथै गिरफ्तार गरिएकाहरुलाई अविलम्ब रिहा गर्न यो वैठकले सरकारसंग जोडदार माँग गर्दछ  ।

३) अहिंसात्मक शान्तिपूर्ण आन्दोलनमा राज्यद्वारा गरिएको अनावश्यक बर्बर दमन, जनताको व्यापक जनधनको क्षती एवं नश्लवादी नरसंहार सम्बन्धमा दोषी उपर कारवाही एवं पिडीतलाई न्याय एवं क्षतिपूर्तिको निम्ती उच्चस्तरीय निष्पक्ष न्यायिक छानवीन आयोग गठन गर्न यो वैठक माँग गर्दछ ।

४) आम हडतालको अवधीभरको राजस्व छुट, कर मिनाहा, व्याज छुट, विलम्ब शुल्क छुट गर्न यो वैठक माँग  गर्दछ ।

५) हालसम्म भुकम्प पिडितले पुनः निर्माण सहितको राहत नपाउनु, राजनीतिक भागबन्डाका कारण पुर्ननिर्माण प्राधिकरण गति नलिनु अत्यन्तै लज्जास्पद कार्य रहेको वैठकले ठहर गरेको छ तथा वर्षायाम शुरु भईसकेको हुनाले अविलम्ब उक्त राहत प्रदान गर्न यो वैठक माँग गर्दछ ।

६) हालै मधेशको विभिन्न स्थानहरुमा भएको बाढीले पिडितभएकाहरुले सरकारका तर्फबाट उचित राहत नपाउनु लोककल्याणकारी राज्यको चरित्र होईन तसर्थ अविलम्ब पिडितहरुको निम्ति उचित राहतको व्यवस्था गर्न यो वैठकले जोडदार माँग गर्दछ ।

७) विभिन्न समयमा सशस्त्र भूमिगत संगठनहरुसंग सरकारले गरेको सम्झौता अनुरुप विभिन्न व्यक्तिहरुमाथि लगाईएका झुठा मुद्दाहरुको खारेजी एवं तिनिहरुलाई मुलधारको राजनीतिमा ल्याउने वातावरण बनाउन यो वैठकले सरकारसंग जोडदार माँग गर्दछ ।

८) गोल्डेन हेन्डसेकको नाममा अस्थाई शिक्षकहरुलाई सेवावाट वन्चित गर्ने उदेश्यले सरकारले अगाडी सारेको नीति अविलम्ब खारेज गरी अस्थाई शिक्षकहरुलाई शिक्षा सेवा आयोगको परिक्षामा समावेश गराउनुपर्ने र उतिर्ण हुन नसकेको शिक्षकलाई मात्र गोल्डेन हेन्डसेकको व्यवस्था गर्नु पर्नेमाँग यो वैठकले गर्दछ ।

९) उखु कटान अगावै उखुको मुल्य निर्धारण, मल, खाद, विउको उचित व्यवस्था गर्न सरकार संग माँग गर्दछ ।

१०) अफगानिस्तानको कावुलमा विद्रोही तालीवानको आक्रमणमा परी १३ जना नेपाली नागरिकको मृत्यू भएको प्रति पार्टी गहिरो दुखः व्यक्त गर्दछ । शोक सनतप्त परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछ । उक्तः घटनामा घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । तालिवानले गरेको आक्रमण अत्यन्त निन्दनिय छ । त्यसको घोर भर्तसना यो बैठकले गर्दछ । मृतक परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्न तथा क्षतिपूर्तिको व्यवस्था गराउन सम्बन्धित निकायमा पहल गर्न यो बैठकले माँग गर्दछ ।
सद्भावना पार्टी राष्ट्रिय कार्य समितिक वैठक २०७२ चैत्र १५–१७ (विराटनगर) को निर्णय अनुसार पार्टीको कार्य सम्पादनार्थ पार्टीे विधानको धारा ४०.८ बमोजिम “पार्टी परिचालन निर्देशिका–२०७३” र “आर्थिक नियमावली–२०७३”यो वैठकद्वारा स्वीकृत गरिएको छ ।
सांगठनिक निणर्य ः

२. पार्टी परिचालन निर्देशिका–२०७३ बमोजिम पार्टी विधानको धारा ३७ अनुसार पार्टी राष्ट्रिय कार्य सम्पादन समितिको परामर्शले निम्न नेताहरुलाई निम्नानुसारका विभागहरुको विभागिय प्रमुख पदमा राष्ट्रिय अध्यक्षद्वारा मनोनयन गरिएको  छ । 

क्र.सं. नाम पद विभागिय जिम्मेवारी
श्री राजेन्द्र महतो राष्ट्रिय अध्यक्ष राजनीतिक विभाग
श्री बद्रि प्रसाद मंडल वरिष्ठ नेता जलश्रोत तथा उर्जा विभाग
मा. लक्ष्मण लाल कर्ण सहअध्यक्ष संगठन विभाग
मा. नरसिंह चौधरी वरिष्ठ उपाध्यक्ष संसदीय तथा निर्वाचन विभाग
श्री मृगेन्द्र कुमार सिंह यादव वरिष्ठ उपाध्यक्ष कृषि तथा भूमि विभाग
श्री नवल किशोर साह वरिष्ठ उपाध्यक्ष अनुगमन विभाग
श्री विश्वनाथ सिंह राजवंशी उपाध्यक्ष जातिय तथा सामुदायिक विभाग
श्री ओम प्रकाश यादव गुलजारी उपाध्यक्ष संघिय मामिला तथा स्थानिय विभाग
श्री मनिष कुमार सुमन महासचिव प्रचार, प्रसार तथा प्रकाशन विभाग
१० श्री सरोज कुमार यादव महासचिव स्वास्थ्य तथा योग साधना विभाग
११ श्री राजकुमार गुप्ता सहमहासचिव प्राकृतिक प्रकोप एवं विपद व्यवस्थापन विभाग
१२ श्री सुरेन्द्र कुर्मी सहमहासचिव न्याय तथा कानून विभाग
१३ श्री अर्जुन प्रसाद उप्रेती सहमहासचिव सुरक्षा विभाग
१४ श्रीमति सुरिता साह सहमहासचिव महिला विभाग
१५ श्री देवेन्द्र यादव सहमहासचिव विदेश विभाग
१६ श्री अजय गुप्ता सहमहासचिव भौतिक पुर्वाधार तथा यातायात व्यवस्था विभाग
१७ श्री अरुण कुमार सिंह कोषाध्यक्ष आर्थिक विभाग
१८ श्री जानकी शरण साह सहकोषाध्यक्ष समाजिक सुधार विभाग
१९ श्री संतोष मेहता प्रवक्ता प्रशिक्षण विभाग
२० श्री लाल किशोर साह प्रवक्ता श्रम, रोजगार तथा ट्रेड युनियन विभाग
२१ श्री मिर्जा अर्शद वेग सचिव स्वरोजगार सहकारी तथा गरिवी निवारण विभाग
२२ श्री रेशमलाल चौधरी सचिव संस्कृति तथा पर्यटन विभाग
२३ श्री राजाराम पासवान सचिव भूमिहिन, सुकुम्वासी व्यवस्थापन तथा सामाजिक सुरक्षा विभाग
२४ श्रीमति राधा कायस्थ सदस्य मानव अधिकार विभाग
२५ श्री उपेन्द्र महतो सदस्य समावेशी विभाग
२६ श्री योगेन्द्र राय यादव सदस्य युवा तथा खेलकुद विभाग
२७ श्री रामकिशोर सिंह सदस्य शिक्षा एवं मानव संसाधन विभाग
२८ मा. विमल केडिया सदस्य उद्योग वाणिज्य विभाग
२९ श्री अनिल महासेठ सदस्य गैर सरकारी संस्था समन्वय विभाग
३० श्री डा. रामबाबु गिरी सदस्य प्रवासी एवं अप्रवासी विभाग
३१ श्री देवेन्द्र मिश्र सदस्य, रा.का.स.स. वौद्धिक पेशागत विभाग
३२ श्रीमति अमृता अग्रहरी सदस्य, रा.का.स.स. प्राकृतिक श्रोत साधन तथा वातावरण संरक्षण विभाग

३.. सद्भावना पार्टी अन्तर्गतका वर्गिय एवं सुभेच्छुक मंचहरुलाई अझ सुब्यबस्थित, सुसंगठित तथा क्रियाशिल बनाउने उद्धेश्य अनुरुप निम्नानुसार पार्टी नेताहरुलाई निम्न वर्गिय मंचको वर्गिय मंच प्रभारी (इन्चार्ज) को जिम्मेवारी दिइएको  छ ः

क्र.सं. नाम पद वर्गिय मंच जिम्मेवारी
श्री मनमोहन चोधरी सदस्य, रा.का.स. सद्भावना किसान मंच
श्री फोनिराम चोधरी सदस्य, रा.का.स. सद्भावना थारु उत्थान मंच
श्री निभा साह सदस्य, रा.का.स. सद्भावना महिला मंच
श्री अख्तर हुसैन सदस्य, रा.का.स. सद्भावना सांस्कृतिक उत्थान मंच
श्री अमरनाथ मंडल सदस्य, रा.का.स. नेपाल प्रेस मंच
श्री दिपेन्द्र कुमार चौधरी सदस्य, रा.का.स. सद्भावना युवा मंच
श्री उपेन्द्र महतो सदस्य, रा.का.स. नेपाल स्वास्थ्यकर्मी मंच
श्री विशेश्वर रजक सदस्य, रा.का.स. सद्भावना दलित उत्थान मंच
श्री सत्यनारायण साह सदस्य, रा.का.स. मधेशी ट्रेड युनियन महासंघ
१० श्री रविदत्त मिश्र सदस्य, रा.का.स. रक्षा बाहिनी
११ श्री प्रो. राजेन्द्र गुप्ता सदस्य, रा.का.स. मधेसी बौद्धिक पेशागत महासंघ
१२ श्री दिलिप धाडेवाल सदस्य, रा.का.स. सद्भावना उद्योग वाणिज्य मंच
१३ भिमराज चौधरी राजवंशी सदस्य, रा.का.स. आदिवासी जनजाति मंच (मधेश भुगोल)
१४ श्री रामेश्वर राय यादव सदस्य, रा.का.स. विद्यार्थी मंच
१५ श्री जयलाल साह सदस्य, रा.का.स. मधेसी निजामती कर्मचारी मंच
१६ श्री सुशिल सुक्ला सदस्य, रा.का.स. नेपाल शिक्षक मंच
१७ श्री राजकुमार दास तत्मा सदस्य, रा.का.स. सद्भावना कृषि मजदुर मंच
१८ श्री तेन्जी लामा सदस्य, रा.का.स. आदिवासी जनजाति मंच (पहाड भूगोल)
१९ श्री पल्टन ठाकुर
श्री राजकुमार यादव सदस्य, रा.का.स.
सदस्य, प्रचारप्रसार विभाग प्रभारी (इन्चार्ज) जिल्ला सम्पर्क मंचहरु
सहप्रभारी (सह इन्चार्ज) जिल्ला सम्पर्क मंचहरु
२० श्री सिताशरण ठाकुर सदस्य, रा.का.स. नेपाल अप्रवासी अधिकार संरक्षण मंच
२१ डा. अब्दुल रहिम मिकरानी सदस्य, रा.का.स. सद्भावना मुस्लीम मंच


४. सद्भावना पार्टीका स्थानिय संगठन तथा सांगठनिक कार्यलाई प्रभावी, क्रियाशिल, अनुशासित एवं सुब्यबस्थित बनाउन पार्टी का निम्न नेतालाई निम्नानुसार जिल्ला संगठन प्रभारी (इन्चार्ज) को जिम्मेवारी दिइएको छ ः  

क्र.सं. नाम पद जिल्ला
श्री राजकुमार गुप्ता सहमहासचिव झापा
मा. लक्ष्मण लाल कर्ण सहअध्यक्ष मोरङ्ग
श्री विश्वनाथ सिंह राजवंशी उपाध्यक्ष सुनसरी
श्रीमति सुरिता साह सहमहासचिव सप्तरी
श्री लालकिशोर साह प्रवक्ता सिरहा
श्री नवलकिशोर साह वरिष्ठ उपाध्यक्ष धनुषा
श्री अरुण कुमार सिंह कोषाध्यक्ष महोत्तरी
श्री मृगेन्द्र कुमार सिंह यादव वरिष्ठ उपाध्यक्ष सर्लाही
\९ श्री राजाराम पासमान सचिव रौतहट
१० श्री देवेन्द्र यादव सहमहासचिव बारा
११ श्री अजय गुप्ता सहमहासचिव पर्सा
१२ श्रीमति अमृता अग्रहरी सदस्य, स्थायी आमन्त्रित रा.का.स.स. नवलपरासी
१३ श्री सुरेन्द्र कुर्मी सहमहासचिव रुपन्देही
१४ श्री देवेन्द्र मिश्र सदस्य, स्थायी आमन्त्रित्र रा.का.स.स. कपिलवस्तु
१५ श्री ओम प्रकाश यादव गुल्जारी उपाध्यक्ष दाङ्ग
१६ मा. नरसिंह चौधरी वरिष्ठ उपाध्यक्ष बाँके १७ श्री मिर्जा अर्शद वेग सचिव बर्दिया
१८ श्री संतोष मेहता प्रवक्ता कैलाली
१९ श्री संतोष मेहता प्रवक्ता कंचनपुर
२० श्री अर्जुन प्रसाद उप्रेती सहमहासचिव कास्की
२१ श्री अर्जु प्रसाद उप्रेती सहमहासचिव तनहँु
२२ श्री नरेन्द्र राज वाग्ले सदस्य चितवन
२३ श्री फजलुद्दीन मिया सदस्य गोरखा
२४ श्रीमति इन्दु तिवारी सुवेदी सदस्य मकवानपुर
२५ श्री उपेन्द्र महतो सदस्य काठमाण्डौ उपत्यका

५. सद्भावना पार्टी, केन्द्रिय कार्यालयलाई सुव्यवस्थित बनाउन निम्नानुसार केन्द्रिय कार्यालय व्यवस्थापन समिति गठन गर्ने यो वैठक निर्णय गर्दछ । 

क्र.सं. नाम पद व्यवस्थापन समिति
श्री नवलकिशोर साह वरिष्ठ उपाध्यक्ष संयोजक
श्री मनिष कुमार सुमन महासचिव सदस्य सचिव
श्रीमति सुरिता साह सहमहासचिव सदस्य
श्री अर्जुन उप्रेती सहमहासचिव सदस्य
श्री अजय गुप्ता सहमहासचिव सदस्य
श्री राजाराम पासवान सचिव सदस्य
श्री अरुण कुमार सिंह कोषाध्यक्ष सदस्य
श्री संतोष कुमार मेहता प्रवक्ता सदस्य
श्री रामकिशोर सिंह सदस्य सदस्य
१० श्री उपेन्द्र महतो सदस्य सदस्य
११ श्री अनिल महासेठ सदस्य सदस्य
१२ डा. रिना यादव सदस्य सदस्य
१३ श्री राजकुमार यादव सदस्य, प्रचारप्रसार विभाग सदस्य
१४ श्री रामप्रवेश साह अध्यक्ष, जि.का.स.काठमाण्डौ सदस्य
१५
श्री राजेश चौधरी कार्यालय सचिव सदस्य

६. सद्भावना पार्टी विधानको धारा १६ अनुसार झापा देखी कंचनपुरसम्म २ (दुई) प्रदेश रहने गरी प्रादेशिक प्रमुख सहित ५१ सदस्यीय प्रादेशिक कार्य समिति गठन गर्ने निर्णय गरिएको छ ।

७. सद्भावना पार्टी राष्ट्रिय कार्य समितिको विस्तारित वैठक २०७२ चैत्र १५–१७ (विराटनगर) को निर्णय अनुरुप वर्गिय मंचहरुको ग्राम÷नगर÷क्षेत्रिय÷जिला अधिवेशन वर्गिय मंच महाधिवेशन निर्देशिका २०७२ अनुरुप सम्पन्न गराउन, जिला–जिल्लामा पार्टी संगठन निर्देशिका २०७२ अनुरुप भौगोलिक सांगठनिक जिम्मेवारी पार्टी नेतालाई विभाजन गरिएको कार्यको समिक्षा तथा कार्य मुल्यांकन गर्न क्षेत्रिय÷जिला कार्यकर्ता वैठक जिल्ला समन्वय एवं निर्देशन समितिको वैठक सम्पन्न गराउन पार्टी प्रवेश कार्यक्रमहरु सुसम्पन्न गराउन तथा अन्य सांगठनिक कार्य सुसम्पन्न गराउन निम्नानुसारको पार्टी केन्द्रिय नेताहरुको टोलीलाई निम्न जिल्लामा रहि आआफनो कार्य सम्पादन गर्न तथा भ्रमण प्रतिवेदन पार्टी केन्द्रमा पठाउन यो वैठक निर्देश गर्दछ । सम्बन्धित जिल्लाका केन्द्रिय नेताहरु आआफनो जिल्लाका कार्यक्रमा सहभागी रहनेछन् ।


मिति जिल्ला नेतागण
आषाढ २५–२६ सुनसरी
श्री बद्रि मंडल
श्री विश्वनाथ सिंह राजवंशी
आषाढ २७–२८ सप्तरी
आषाढ २९–३० सिरहा

आषाढ २५–२६ धनुषा मा. लक्ष्मण लाल कर्ण
श्री अरुण सिंह
श्री राजाराम पासवान
आषाढ २७–२८ महोत्तरी

आषाढ २९–३० दांग मा. नरसिंह चौधरी
श्री मिर्जा अर्शद वेग
श्री देवेन्द्र मिश्र
आषाढ २७–२८
आषाढ २५–२६ बाके
बर्दिया

आषाढ २५–२६ सर्लाही श्री मृगेन्द्र कुमार सिंह यादव
श्री राजकुमार गूप्ता
आषाढ २७–२८ रौतहट

आषाढ २५–२६ झापा श्री नवलकिशोर साह
श्रीमति सुरिता साह
आषाढ २७–२८ मोरङ्ग

आषाढ २५–२६ कैलाली श्री ओमप्रकाश गुलजारी
श्री संतोष मेहता
आषाढ २७–२८ कंचनपुर

आषाढ २५–२६ नवलपरासी श्री मनिष कुमार सुमन
श्री सरोज यादव
श्री सुरेन्द्र कुर्मी
आषाढ २७–२८ रुपन्देही
आषाढ २९–३० कपिलवस्तु

आषाढ २५–२६ बारा श्री देवेन्द्र यादव
श्री अजय गुप्ता
श्री लालकिशोर साह
आषाढ २७–२८ पर्सा



८. सद्भावना पार्टीको आर्थिक सुदृढिकरणको उद्देश्यले आगामी मंसीर २१ गतेदेखी २७ गते सम्म पार्टीका सवै कार्य समितिहरुद्वारा पार्टी नेता कार्यकर्ता, उद्योगी, व्यापारी, किसान, मजदुर, बुद्धिजिवी, शिक्षक, कर्मचारी लगायत आमजनतासंग आर्थिक, जिन्सी सहयोग संकलन गरि “सहयोग संकलन सप्ताह” मनाईनेछ ।




...................................
सन्तोष मेहता
  प्रवक्ता




About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..