» » यसरी भए तरबुज व्यपारी मालामाल


समयमा पानी नपरेपछि यसवर्ष तरबुजाको उत्पादनमा ह्रास आएकोले यसको बिक्री मूल्य अकाशिएको कारण कृषकहरु खुशी भएका छन् । गर्मीबाट राहत दिने तरबुजाको मूल्य एकाएक बढ्न गएपछि उपभोतmाहरु प्रभावित भएका छन् भने किसानहरु मालामाल भएका छन् ।

तरबुजाको थोक बिक्रेता कल्याणपुर, कलाबन्जर १ भेरवाटोल निवासी हरिशंकर मुखिया भन्नुहुन्छ—यसवर्ष कम तरबुजा उत्पादन भएकोले बिक्री प्रभावित भएका छन् । तर आफूसँग सिचाइको राम्रो सुविधा भएकाले १४ कठ्ठा जग्गामा लगाएको तरभुजाले राम्रो आम्दानी गरेको छु ।

सहनीले आफनो परम्परागत माछा मार्ने पेशा छाडेर वर्षौदेखि व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । हरिशंकर गरिवी निवारण कोषको सहयोगि संस्था शिवशतिm ग्रामीण विकास केन्द गौतारीमा आवद्ध भएपछि हरि शंकर र सुकनि मात्र हैन सो बस्तीका २८ सुकम्वासी घरपरिवार अहिले तरभुजा खेतीबाट मालामाल भएका छन् ।

उहाँले भन्नुभयो–मैले १४ वर्षसम्म माछा मार्ने परम्परागत पेशामा अल्झि रहे तर छोरा छोरी तथा परिवार पाल्न धौधौ परेको थियो आफ्नो दुखको दिन सुनाउदै हरिले भन्नुभयो–“गरिवी निवारण कोषको कार्यक्रममा आवद्ध भएपछि भने मेरो दुखको दिन हराएको छ, अब मलाई खानलाई मात्र होइन, बालवच्चाको राम्रो शिक्षादिक्षाको व्यवस्थाका लागि कसैसँग हात फैलाउनु पर्ने बाध्यता छैन ।”

‘हामीले हाम्रो यस्तो पनि अवस्था आउँछ भनेर सोचेकै थिएनौ’, उहाँका श्रीमती सुकनीले भन्नुभयो–गरीवी निवारण कोषको कार्यक्रममा हामी आवद्ध नभएको भए अहिले पनि कतिपय रात भोकै रहेर निर्वाह गर्नुपर्ने अवस्था आउन सक्थ्यो । जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार यसवर्ष किसानहरुले ४० हेक्टर क्षेत्रफलमा तरबुजा खेती गरी ४ हजार ८ सय ५० मेट्रिकटन तरबुजा उत्पादन गरेका छन् ।

गतबर्षको तुलनामा यसबर्ष तरबुजा कम उत्पादन भएकोले यसको बिक्री मूल्य यसबर्ष २०देखि २५ प्रतिशत बढी रहेको किसानहरु बताउँछन् । कम उत्पादन भएकोले अहिले स्थानीय बजारमा तरबुजा प्रतिगोटा २५ देखि ४० रुपैयांसम्ममा बिक्री हुने गरेको छ ।

धनुषा र सिरहामा करिब एक हजार किसानहरु तरबुजाको खेतीमा संलगन छन् भने यस खेतीबाट करिब ५० हजार किसानहरु प्रत्यक्ष रुपमा  लाभान्वित हुंदै आइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..