» » सहायक वन अधिकृत घुससहित रंगेहात पक्राउ


हेटौँडा, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाले हिजो हेटौँडा उपमहानगरपालिका वडा नं १० राप्ती रोडस्थित लामा होटल एन्ड गेस्ट हाउसबाट साँझ मकवानपुर जिल्लाको राक्सिराङ इलाका वन कार्यालयका सहायक वन अधिकृत रामकृष्ण कुशलेलाई घुस रकम रु एक लाख ८० हजारसहित रङ्गेहात पक्राउ गरेको छ ।

अख्तियारकाअनुसार भार्ता बिलाउने सामुदायिक वन उपभोक्ता समितिले राक्सिराङ इलाका वन कार्यालयबाट अन्दाजी एक हजार क्युबिक फुट सालको काठ सम्पूर्ण प्रक्रिया पूरा गरी राजस्व तिरी छोडपुर्जीसमेत भइसकेको तथा सामुदायिक वनले काठ लिलामी गरी खरिद गर्नेले स्थानान्तरणका लागि ट्रकमा लोड गर्न घुस नदिएसम्म लोड गर्ने आदेश नदिने भनेर निज सहायक वन अधिकृत रामकृष्ण कुशलेले अड्डी लिएपछि काठ लिलामी सकार गर्ने व्यक्तिको सूचनाका आधारमा निजलाई रु एक लाख ८० हजार घुस लिँदै गरेका अवस्थामा पक्राउ गरिएको हो ।

अख्तियारका अनुसार काठ लिलामी सकार गर्ने व्यक्तिको नाम गोप्य राखिएको छ । निज अधिकृतलाई आवश्यक अनुसन्धानपश्चात् कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..