» » तमलोपामा दुई पद एक नेता !

तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशन असार ६, ७ र ८ गते नवलपरासीको रामग्राममा हुँदैछ । महाधिवेशनको तयारीमा जुटेका नेताहरुभित्र यतिखेर विभिन्न चर्चा परिचर्चाहरु भइरहेका छन् । बनेका विभिन्न समितिहरुमा विधान कस्तो हुने, समावेशी कसरी बनाउने, सगाठनिक संरचना कस्तो हुने चर्चाहरु व्यापक भइरहेको छ । यही चर्चा परिचर्चाको बीचमा पार्टीभित्र एक व्यक्ति एक पदको प्रावधान ल्याउनुपर्ने कुरा जोडतोडले उठेका छन् ।

पार्टीमा रहेका धेरैजसो नेताहरु दुईटा पद आग्टेर बसेका छन् । स्रोत भन्छन्, प्रायः जिल्ला अध्यक्षहरु पार्टीका केन्द्रीय कार्यसमितिमा रहेका छन् । कतिपय नेताहरु केन्द्रीय समितिमा रहेपनि भातृ संगठनका पद त्यागेका छैन । चन्दा चौधरी पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ तर उहाँ महिलाका अध्यक्ष पनि हुनुहुन्छ । त्यस्तै कृष्ण सिह केन्द्रीय सदस्य हुनुको साथै युवाको अध्यक्ष पनि हुनुहुन्छ । उदय तिवारी पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ, तर प्रध्यापकको नेतृत्व छाड्नु भएको छैन ।

सुरेन्द्र झा पनि बुद्धिजिवीका महासचिव हुनुहुन्छ यता पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । सिएन पाठक, मोहम्मद कादिर, रामपृत यादव, अभिराम शर्मा, जंगीलाल यादव, बाबुलाल साह, प्रमेश्वर साहलगायतका जिल्ला अध्यक्षहरु पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।

कुनै व्यक्ति पहुँचकै आधारमा दुई दुईटा पदमा बस्ने कुनै व्यक्ति एउटा पद पनि नपाउने कुरा जोडतोडले उठेको छ । पार्टीका नेता वृजेश गुप्ताले समितिको बैठकमा उठाउनु भएको स्रोतले जनाएको छ । अबको महाधिवेशनबाट यो प्रावधान हटाउनु पर्ने चर्चा भइरेको छ ।
कस्तो बन्दैछ संगठन ?

महाधिवेशनपछि संगठनको संरचनामा हेरफेर हुने भएको छ । पार्टीको अध्यक्ष एकजना रहनेछ भने उपाध्यक्ष तीन, महामन्त्री २, सहमहामन्त्री दुई, कोषाध्यक्ष एक र प्रवक्ता एक रहनेछ । यसअघि अध्यक्ष एकजना सहित उपाध्यक्ष दुई, महासचिव तीन, कोषाध्यक्ष एकजना थिए ।

महाधिवेशनमा सबै पदको निर्वाचन हुने कि नहुने विषयमा पार्टीभित्र विवाद रहेको छ । नयाँ सविधानले पार्टीका सम्पूर्ण पदको निर्वाचन गर्नुपर्ने प्रावधान राखेको छ तर पार्टीका नेताहरुले केही पदहरु मनोनित गर्नुपर्ने तर्क राख्दै आएका छन् तर स्रोतका अनुसार ह्रदयश त्रिपाठीले सम्पूर्ण पदको निर्वाचन हुनुपर्ने पक्षमा रहनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..