» » करेन्ट लागेर बृद्धको मृत्यू


सिरहा, जेठ २३ गते । सिरहाको लहानमा गएराति करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लहान नगरपालिका २१ निवासी ६२ वर्षीय रामकाशी साह रहेको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा पङ्खा जोड्ने क्रममा करेन्ट लागेर साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..