» » पहिलो दिनकै अनसनस्थलबाट उपेन्द्र यादवले दिनुभयो विद्रोहको चेतावनी


काठमाडौं जेठ २५ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको अधिकार सुनिश्चित हुने गरी संविधान पुनर्लेखन नभए मुलुकमा विद्रोह हुने चेतावनी दिनुभएको छ ।
 
अन्तरिम संविधानले दिएको अधिकार पनि खोसिएको जिकिर गर्दै अध्यक्ष यादवले जनताको धैर्यता टुटे विद्रोह हुने चेतावनी दिनुभयो । गठबन्धनले आजदेखि शुरु गरेको अनसनमा बस्नुभएका अध्यक्ष यादवले मुलुकको यो दुर्दशा हुनुमा सरकारको नश्लवादी चिन्तन मुख्य दोषी रहेको आरोप लगाउनुभयो ।

गठबन्धनका संयोजक समेत रहनुभएका यादवले उत्पीडित जनताको भावनासँग खेलवाड नगर्न सरकारलाई सुझाव पनि दिनुभयो ।

‘मुलुकमा लोकतन्त्र हराएको छ । सरकारमा तस्कर र भ्रष्टाचारी हावी छन्, देश यसरी चल्दैन,’ अध्यक्ष यादवले भन्नुभयो, प्रधानमन्त्री केपी ओलीको नश्लवादी चिन्तनले मुलुक ध्वस्त भइरहेको छ । ‘हामी मुलुकलाई जोड्न चाहन्छौं, यो आन्दोलन त्यसकै लागि हो तर सरकार आफैले विखण्डनको बीउ रोप्न उद्दत छन् ।’

सबै उत्पीडितजनताले स्वामित्व ग्रहण गर्ने गरी संविधान पुनर्लेखन गराउन आफूहरुले अनशन सुरु गरेको उहाँले बताउनुभयो । ‘अहिलेको संविधानले अन्तरिम संविधानमा प्राप्त भएका उपलब्धिहरुलाई समेत खोस्ने र मुलुकलाई पछाडि धकेल्ने कार्य गरेको बताउँदै उहाँले यो संविधान प्रतिगामी रहेको दावी गर्नुभयो ।

संविधान पुनर्लेखन गराउनका लागि र यसलाई सबै जनताले स्वामित्व ग्रहण गर्ने बनाउनका लागि हामीले रिले अनशन कार्यक्रम थालनी गरेको हौ, उहाँले भन्नुभयो ।

आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु लगायत समुदायका पहिचान, समावेशी र स्वायत्तता र स्वशासनका सवाल हल गर्ने सन्दर्भमा राज्यले आफ्नो उत्तरदायित्व र कर्तव्यबाट पछि हटेर गैरजिम्मेवारीपन देखाएकाले आफूहरुले आन्दोलनमा उत्रिन बाध्य भएको उहाँले बताउनुभयो ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..