» » रिक्सा चालकलाई किक हान्ने प्रहरी कारवाहीमा


विराटनगर असार ५ गते । विराटनगरको जलजला चोकमा रिक्सा चालक कुट्ने ट्राफिक जवान कारबाहीमा पर्ने भएका छन् ।

रिक्सा चालकलाई लात्तीले हान्दै गरेको तस्बिर सामाजिक सञ्जालमा ुभाइरलु बनेपछि इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले कारबाहीप्रक्रिया थालेको  हो ।

रिक्सा चालकमाथि प्रहरी कर्मचारीले गरेको व्यवहार दुःखद् भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी पवनकुमार गिरीले बताउनुभयो । ुरिक्सा चालकलाई कुटपिट गर्नु गलत हो,’ उहाँले भन्नुभयो, चालक कुट्नेमाथि कारबाहीप्रक्रिया सुरु गरिसकेका छौं।’

चालक कुटपिट गर्ने ट्राफिक प्रहरी जवानलाई स्पष्टीकरण सोधेर कारबाहीप्रक्रिया अघि बढाइसकेको गिरीले जानकारी दिनुभयो । उहाँँले मातहतका सबै ट्राफिक प्रहरीलाई व्यवहार सुधार्न सर्कुलर पनि पठाइसकेको बताउनुभयो ।

 गिरीले एउटा प्रहरी कर्मचारीको गल्तीलाई देखाएर पूरै संगठनको बदनाम हुनेगरी सामाजिक सञ्जालमा  आएका प्रतिक्रियाले थप दुःखी बनाएको बताउनुभयो ।

सामाजिक सञ्जालमा पूरै संगठनलाई बद्नाम पार्नेगरी प्रतिक्रिया आउनु झन् दुःखद् छ,’ गिरीले भन्नुभयो ।

 उहाँले सामाजिक सञ्जालमार्फत पनि ट्राफिक प्रहरीका तर्फबाट घटनाबारे धारणा सार्वजनिक गर्ने बताउनुभयो । ट्राफिक कार्यालय मोरङका प्रमुख धनप्रसाद सिवाकोटीले जाम हटाउनेक्रममा कुटपिटको घटना भएको बताउनुभयो ।

उहाँका अनुसार विराटनगरको जलजला चोकस्थित एकतर्फी सडकमा चालकले रिक्सा पार्किङ गरेको देखेर रिक्सा हटाउन नजिकैका ट्राफिक प्रहरीले सिठ्ठी बजाए ।

सिठ्ठी बजाउँदा रिक्सा चालकले रिक्सा हटाएनन् । रिक्साको हावा खोल्न पुगेका ट्राफिक प्रहरीलाई देखेपछि मिचेर रिक्सा अगाडि बढाउँदा प्रहरीको हातमा चोट लाग्यो ।

चालकले चोट लाग्नेगरी रिक्सा अगाडि बढाएपछि रिसाएका ट्राफिक प्रहरीले चालकलाई व्यस्त चोकमै लात्तीले हिर्काए।  प्रहरी कर्मचारीले यसरी कसैलाई पनि कुटपिट गर्न नहुने सिवाकोटीले बताउनुभयो ।

उहाँले ड्युटीमा रहेका ट्राफिक कर्मचारीले  गल्ती गरेकाले  प्रहरी ऐनअनुसारको कारबाही अगाडि बढाएको बताउनुभयो ।

सिवाकोटीले भन्नुभयो, प्रहरी ऐनअनुसार कारबाहीप्रक्रिया अघि बढाएका छौं भनि नागरिक दैनिकमा समाचार छ ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..