» » दीनाभद्रीलाई राष्ट्रिय विभुति घोषणा गराउन हस्ताक्षर अभियान


काठमाडौ जेठ २५ गेत । मुसहर समुदायको समग्र उत्थान लगायत मिथिलाका बहु आयामी संस्कृती सम्पदाको संरक्षण तथा प्रवद्र्धनको लागि र मिथिला पर्यटन स्थापित र प्रवद्र्धन गराउन भोरले विभिन्न पहलहरु गर्दै आएको क्रममा दीनाभद्रीलाई राष्ट्रिय विभुति घोषणा गराउन हस्ताक्षर अभियान शुरु गरेको छ ।
राष्ट्रिय मुसहर उत्थान समाज नेपाले जनकपुरमा आजदेखि बारहबिगहा मैदानबाट हस्ताक्षर अयिभान शुरु गरिएको हो ।

आयोजना गरेको मुसहरहरुको राष्ट्रिय भेलामा नवलपरासीदेखि झापासम्मका झन्डै १० हजार भन्दा बढी मुसहरहरुले यस हस्ताक्षर अभियानमा सहभागी भएका छन् । पुस्तौदेखि चरम गरिबी, अन्यायमा परेका र नेपालको झन्डै दुइै प्रतिशत जनसँख्या ओग्ट्ने मुसहर समुदायको उत्थानका लागि स्वतस्फूर्त आयोजना भएको भेलामा भोरले दीनाभद्रीलाई नेपालको राष्ट्रिय विभुती घोषणा गराउन हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।

यस भेलाको प्रमुख अतिथिको रुपमा पालनु भएको भारतको बिहार राज्यको पूर्व मुख्यमन्त्री जीतनराम माझीले हस्ताक्षर गरेर अभियानलाई शुरुवात गर्नुभयो । साथै, नेपालमा जन्मीनुभएको दीनाभद्री मुसहरहरुको सौर्य, सशक्त क्षमता र पराक्रमको अतुलनिय एतिहासिक प्रमाणको रुपमा रहनु भएको कुरा व्यक्त गर्नु भयो ।

त्यस्तै राष्ट्रिय मुसहर उत्थान समाज, नेपालको अध्यक्ष चन्देश्वर सदा, सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष राम आषिश यादव, सवरी संकलप समाजका देविलाल सदा लगायत भेलामा सहभागी १० हजार भन्दाबढी व्यक्तिहरुले हस्ताक्षर गरेका छन् ।

आर्य सभ्यताको प्रभाव बढदै गइरहेको प्रारम्भिक कालमा दीनाभद्री दुई दाजुभाई थिए । अहिलेको सप्तरीमा पर्ने कटैया खापमा यिनीहरुको मूल केन्द्र थियो । दिना–भद्री मैथिली समाजका लोक नायकका रुपमा पुजिन्छन । नेपालमा जन्मिएको भए पनि भारतको मैथिल र मुसहर बस्तीमा समेत दीनाभद्रीको गाथा गाइने भएकाले अझ यो अर्थपूर्ण छ ।

यस हस्ताक्षर अभियानलाई विभिन्न स्टलहरु मार्फत हजारौ व्यक्तिको स्वस्र्फुत र स्वंयसेवी हस्ताक्षर संकलन गराउने कार्यमा वीर वहादुर महतो, नागेन्द्र साह, पचुलाल माझी लगायतका ५० जना भन्दा बढीका स्वंयम सेवकहरुले महत्वपूर्ण योगदान दिए ।

यस हस्ताक्षर अभियानलाई अगामी दिनमा देश अन्य भागहरुमा खास गरि मिथिला क्षेत्रका बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरड., झापा र देशको राजधानी काठमाडौमा संचालन गरिने छ । भोरद्धारा संयोजित यस अभियानले गर्दा दीनाभद्रीको गाथा, महिमा, र महत्ताको बारेमा जन समुदाय र सरोकारवालाहरुको चासो र एक्यबद्धतामा उल्लेखनिय अभिवृद्धि गराउने लक्ष्य पनि रहेकोछ ।

साथै, यो अभियान प्रत्यक्ष हस्तलिखित हस्ताक्षर र अनलाइन गरी दवै प्रविधिबाट संचालन गरिने भएको छ । चेन्ज डट ओआरजीमा आधिकारीक रुपमा दर्ता गराई यस अभियानको अनलाइन हस्ताक्षरको व्यवस्था समेत अषाढ महिना भित्र मिलाइएने भोरले जनाएको छ ।

यसरी संकलन गरिएको हस्ताक्षरहरु नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइने छ । यस अभियानमा नेपाल सरकारका मन्त्री, राजनितीकर्मी, कलाकार, विधार्थी, कर्मचारी लगायत विभिन्न पेशा, वर्ग, क्षेत्र, तथा समुदायको नेपाली नागरिक र विदेशी नागरिकहरुले समेत स्वेच्छिक रुपमा हस्ताक्षर गर्न अपिल गर्ने र व्यवस्था मिलाइएको छ । नेपाल सरकारलाई संकलित हस्ताक्षर हस्तान्तर पश्चात जिम्मेवार निकायहरु सित निन्रतर रुपमा यसको अनुगमन गरी र यस प्रकृयामा आउने चुनौतीहरुलाई समाधान गर्दै दीनाभद्रीलाई राष्ट्रिय विभुती धोषणा भए  पश्चात मात्र यस अभियानले विराम लिनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..