» » राजेन्द्र महतोले भन्नुभयो, गठबन्धनले शुरु गरेको रिले अनसनप्रति चित्त बुझेको छैन

काठमाडौ असार १० गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धनको आन्दोलन प्रति आफ्नो चित्त नबुझेको बताउनु भएको छ ।

गठबन्धनले गठबन्धनमाथि दवाव बढाउन नसकेको भन्नु हुँदै अध्यक्ष महतोले आफूले अनसनको औचित्य नदेखेको पनि बताउनुभयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशमा जसरी दवाव बढाउन सक्यो त्यसरी गठबन्धनले दवाव नसकेको कारण सरकारले वार्ताका लागि तयार नभएका बताउँदै उहाँले १२ घण्टे रिले अनसनले सरकार नसुन्ने टिप्पणी गनुृभयो ।

छ दिनसम्म बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँल गठबन्धनको आन्दोलन एउटा पार्टीको प्रचार कार्यक्रमजस्तो भएको टिप्पणी गर्नुभयो ।

२४ घण्टे रिले अनसन बस्न नसक्ने गठबन्धनले काठमाडौलाई कुनै दवाव दिन सक्दैन त्यही भएर शक्ति संचय गरेर तराई मधेशमा आन्दोलन गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले अब फेरि मधेशमा असहयोगको आन्दोलन चलाउनुपर्ने बताउँदै यसका लागि जिल्लामा प्रशिक्षण गराउने तथा कार्यकर्ता खटाउने कार्यक्रम तय भएको जानकारी गराउनुभयो । यसका लागि पार्टीको तर्फबाट विभिन्न कार्यक्रमहरु पनि तय गरि जिम्मेवारी पनि सुम्पिनु भएको छ ।

पार्टीले विभिन्न ३२ वटा विभाग गठन समेत गरेको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..