» » मैत्रीपुर्ण क्रिकेटको उपाधी अभियानलाई


मनिष गुप्ता
कपिलवस्तु, असार ४ गते ।   “हाम्रो अपिल ः महिला हिंसा अन्त्यका लागी” भन्ने नाराका तौलिहवामा आयोजित मैत्रीपुर्ण क्रिकेट प्रतियोगिताको उपाधी सुन्दर तौलिहवा हाम्रो अभियानले प्राप्त गरेको छ ।

कपिलवस्तु क्रिकेट संघ र सुन्दर तौलिहवा हाम्रो अभियान बिचको निर्धारित १५ ओभरको खेलमा अभियानले संघलाई ७ बिकेटको अन्तरले पराजित गरेको हो ।

 लैगिंक हिंसा न्युनिकरणका लागी सचेतना प्रवाह गर्ने उद्धेश्यका साथ साथी संस्था कपिलवस्तुको सहयोगमा कपिलवस्तु क्रिकेट संघको आयोजना र सुन्दर तौलिहवा हाम्रो अभियानको सहआयोजनामा बुद्धपद्धम उच्च माध्यमिक बिधालयको खेल मैदानमा खेल सम्पन्न भएको थियो ।

टस जितेर पहिलो फिल्डिङ्ग रोजेको अभियानको कसिलो बलिङ्गका कारण अभियानको टोलीले निर्धारित ओभरमा ८ बिकेट गुमाउदै ६९ रन बनाउन सफल भएको थियो ।

संघका तर्फबाट सन्दिप उपाध्यायले २१ र अजय शर्माले १९ रन बनाउन सफल भएका थिए भने अभियानका निरज गुरुङ्गले तिन बकेट लिएका थिए । ७० रनको बिजय लक्ष्य प्राप्त गरेको अभियानले ८ ओभर २ बलमा तिन बकेट गुमाउदै निर्धारित लक्ष्य हासिल गरेको थियो ।

अभियानका तर्फबाट रितेश थापाले सर्वाधिक ३५ रन बनाएका थिए भने निरज गुरुङ्गले २५ रन जोडेका थिए । प्रतियोगितामा बेस्टबलर महिला खेलाडी राधा घिमिरे, बेस्ट ब्याटसम्यान निरज गुरुङ्ग र म्यान अफ द म्याच रितेश थापा घोषीत भएका थिए ।

टिमका बिजेतालाई कपिलवस्तु नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराई र नेपाली सेनाका मेजर प्रकाश अर्यालले बिजयी टोली र खेलाडीलाई शिल्ड र मेडल प्रदान गर्नुभएको थियो ।

त्यस अघि प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेले ब्याडिङ्ग तथा प्रहरी उपरिक्षक बिष्णु कुमार केसी र कपिलवस्तु नगरपालिकाका कार्यकारी निरन भट्टराईले ब्याटिङ्ग गरि खेलको उदघाटन गर्नुभएको थियो ।

खेलको समापनको क्रममा सुन्दर तौलिहवा हाम्रो अभियानका लागी साथी संस्थाबाट गोलोब्स र माक्स लगायतका सफाई सामाग्री हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा बोल्दै लैङ्गिक हिंसा न्युनिकरण गर्न केन्द्रमा अखिल नेपाल फुटवल संघ र नेपाल क्रिकेट संघ सँग समन्वय गरि खेल मार्फत सचेतना फैलाउदै आएको र सोही अभियानलाई जिल्लामा सञ्चालन गर्न खेल आयोजनामा सहयोग गरिएको साथी कपिलवस्तु आस्था परियोजनाका संयोजक खग प्रसाद चापागाईले जानकारी दिनुभयो ।

जिल्लामा खेलकुद तथा स्वच्छता अभियानमा लैगिंक हिंसा बारे सचेतना प्रवाह गर्नका लागी समन्वय र सहयोग गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रम बोल्दै कार्यकारी अधिकृत भट्टराई लैगिंक हिंसा रोक्ने अभियानलाई सबैले आफैबाट शुरु गर्नु पर्ने बताउनुभयो ।

साथी संस्थाले खेलकुदको क्षेत्रबाट हिंसा रोक्ने अभियानलाई शुरु गर्न सचेतना फैलाउने कार्य नौलो र सह्र्रानायोग्य रहेको कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले बताउनुभाये । संघका अध्यक्ष प्रकाश गैरेको अध्यक्षता, सुन्दर तौलिहवा अभियानका संयोजक प्रकाश घिमिरेको स्वागत र माया ज्ञवालीको सञ्चालनमा सम्पन्न पुरस्कार बितरण समारोह सम्पन्न भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..