» » बेथरी घटनामा मारिएका ४ वर्षीय चन्दनको बारेमा कारण देखाउ आदेश

कपिलवस्तु असार ७ गते । मधेस आन्दोलनको क्रममा गत भदौ २९ गते रुपन्देहीको बेथरीमा प्रहरीले चलाएको अन्धाधुन्ध गोलीले ४ वर्षीय बालक चन्दन पटेलको पनि ज्यान गएको थियो ।

चन्दन पटेलका बुवाले हिजो न्यायका लागि पुनरावेदन अदालतमा पुग्नु भएको छ । चन्दनका बुवा अवधेशले दायरको मुद्दामा बहस हुँदा अवधेशले दायर गरेको मुद्दा माथि पुनारवेदन अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

पुनरावेदन अदालत बुटवलका न्यायधिश रामेश्वर राजभण्डारीको एकक इजलासले यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै अधार कारण भए सो समेत खुलाई बाटोका म्याद वाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्न प्रहरीले आदेश गरेको छ ।

चार वर्षीय चन्दन पटेल आन्दोलनमा नभएपनि प्रहरीले गोली हानी हत्या गरेको भन्दै चन्दनका बुवाले प्रहरीमा जाहेरी गरेका थिए तर प्रहरीले जाहेरि लिन नमानेपछि उहाँ बाध्य भएर पुनरावेदन अदालत जानुभयो ।

पटेलका वुवा अवेधश कुर्मी प्रहरी विरुद्ध परमादेशको आदेश जारी न्याय पाउ भनी पुनरावेदन अदालतमा मुद्दा दायर गर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जाहेरी बुझ्न अस्विकार गरेपछि उक्त जाहेरी बुवा अवधेशले कुरियर मार्फत पठाउनु भएको थियो तैपनि प्रहरीले बुझ्न मानेका थिएन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..