» » राष्ट्रिय मधेश समाजवादी पार्टीले मनाउँदैछन् स्थापना दिवस


काठमाडौ असार १३ गते । शरत सिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टीले आज आफ्नो चौथो वार्षीक उत्सव मनाउँदै छन् ।

पार्टीले आज विभिन्न कार्यक्रम आफ्नो स्थापना दिवस मनाइरुहेको सो पार्टीका प्रवक्ता केशव झाले जानकारी गराउनु भयो । विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट अध्यक्ष भण्डारीले चार वर्षअघि राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गर्नुभएको थियो ।

फोरम लोकतान्त्रिक पार्टी अलग भएपछि अध्यक्ष भण्डारीले केही दिन स्वतन्त्र ढंगबाट मधेशमा आफ्नो अभियान सञ्चालन गर्नुभएको थियो । पार्टी गठन गर्ने बारेमा जनतासँग राय लिनु भएको थियो अनि मात्र विभिन्न छलफलपछि पार्टी गठन गर्नुभएको हो ।

पहिलो सविधानसभा चुनावमा भण्डारी फोरम नेपालबाट चुनाव जित्नु भएको थियो भने दोस्रो चुनावमा उहाँ आफ्नै पार्टी गठन गरि चुनावमा जानु भएको थियो । उहाँ त आफै जित्नु भएन तर नयाँ पार्टी भएपनि उहाँले सविधानसभामा तीनवटा सभासद् ल्याउन सफल हुनुभयो ।

यो परिणामले उहाँ निकै खुशी हुनुहुन्छ । चुनाव परिणामलाई सबै मधेशवादी दलले विरोध गरेपनि अध्यक्ष भण्डारी एक्लेले त्यसलाई समर्थन गर्नुभयो । उहाँले भन्नुभएको थियो, जे परिणाम आएको छ त्यसलाई खुशीका साथ स्वीकार गर्नुपर्छ । मतपरिणामलाई पनि विरोध गर्ने हो भने त्यसलाई लोकतन्त्र भनिदैन ।

सविधानसभा चुनाव पछि गच्छदारसँग गठबन्धन बनाउनु भएका भण्डारी १६ बुँदे सम्झौतासँगै अलग हुनुभएको थियो पछि उपेन्द्र यादवहरुको मधेशी मोर्चामा सहभागि हुनुभयो । अहिले संघीय गठबन्धनमा पनि हुनुहुन्छ र सक्रिय रुपमा गठबन्धनको आन्दोलनलाई सफल पार्न लाग्नु भएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..