» » मधेश राजनीतिकको दुरावस्थाः पार्टी प्रवेश गरेको १५ दिन नबित्दै आफ्नै पार्टी खोल्दै

काठमाडौ जेठ २४ गते । संघीय समाजवादी फोरम नेपाल छाडेर सद्भावना पार्टीमा प्रवेश गरेको १५ दिन नबित्दै अशोक यादवले आफ्नै नेतृत्वमा पार्टी खोल्न लाग्नु भएको हो ।

संघीय समाजवादी फोरम नेपाल निकट मधेशी ट्रेड युनियन महासंघमा रहेका अशोक यादव जेठ ८ गते सद्भावना पार्टीमा प्रवेश गर्नुभएको थियो ।

महासंघका उहाँ सचिव हुनुहुन्थ्यो भने उहाँका श्रीमती मधुमाया यादव उपाध्यक्ष । अध्यक्ष पल्टन ठाकुरसहित श्रीमान श्रीमती सद्भावना पार्टीमा प्रवेश गर्नुभएको थियो । अहिले श्रीमान श्रीमतीले नै पहल गरेर आफ्नो पार्टी घोषणा गर्न लाग्नु भएको हो । जेठ २६ गते आफ्नो पार्टी घोषणा गर्दै हुनुहुन्छ । त्यसका लागि अतिति तथा सहभागिहरुलाई निमन्त्रणा कार्ड पनि पठाई सक्नु भएको छ ।

अशोक यादव र मधुमाया यादवले आफूहरु सद्भावना पार्टीमा प्रवेश नै नगरेको दावी गर्नुहुन्छ जब कि उहाँहरु सद्भावना पार्टीमा प्रवेश गरेको फोटो फेसबुकको वालमा छ्यापछ्याप्ती भेटिन्छ । यस बारेमा जिज्ञासा राख्दा उहाँहरुले सद्भावना पार्टीले जवर्जस्ती फोटो खिचेर फेसबुकमा राखि दिएको आरोप लगाउनुभयो ।

मधुमाया यादवले सद्भावना पार्टीको झण्डा बोकेर नै कार्यक्रममा सहभागि हुनु भएको छ त्यसमा बारेमा जिज्ञसा राख्दा उहाँले फोटोका लागि मात्र झण्डा बोकि दिएको प्रतिकृया दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..