» » पेस्तोल र गोलीसहित सातजना पक्राउ


महोत्तरी, जेठ २९ गते । महोत्तरीको पोखरभिन्डा गाविसबाट सशस्त्र प्रहरीले हिाजे साँझ पेस्तोल र गोलीसहित सातजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छजना भारतीय र एकजना नेपाली रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्लाअन्तर्गत महुवाका राजकुमार राम, भतौलियाका हीराकुमार महतो, सिर्सियाका रामबली कुमार, दिनेशकुमार महतो, रञ्जितकुमार सुडी, अजितकुमार महतो र नेपालतर्फका महोत्तरी गौशाला नगरपालिका–१ का अमनकुमार साह छन् ।

उनीहरूलाई पोखरभिन्डा बजारबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट एकथान पेस्तोल, गोली तीन राउन्ड र एकथान म्याग्जिन बरामद गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..