» » लैगिंक हिंसा रोक्न सचेतना


मनिष गुप्ता
कपिलवस्तु, जेठ ३० गते । कपिलवस्तु जिल्लामा लैगिंक हिंसा बिरुद्धको अभियान सञ्चालन गर्न क्रिकेट खेल र स्वच्छता कार्यक्रम मार्फत अभियान गरिने निर्णय गरिएको छ ।

साथी संस्थाले लैगिंक हिंसा न्युनिकरणका लागी सञ्चालन गरेको आस्था परियोजनाका प्रतिनिधी, कपिलवस्तु क्रिकेट संघ र सुन्दर तौलिहवा हाम्रो अभियान बिच राखेको परामर्श कार्यशाला तथा छलफल कार्यक्रममा सो बिषयमा सहमती भएको हो ।

सहमतीमा परियोजनाले तत्कालका लागी कपिलवस्तु क्रिकेट संघको आयोजना र सुन्दर तौलिहवा हाम्रो अभियान सह आयोजक रहने गरी लैगिंक हिंसा बिरुद्धको सचेतनामुलक मैत्रीपुर्ण क्रिकेट खेल आयोजनामा सहयोग गर्ने निर्णय गरिएको छ । त्यसै गरि कपिलवस्तु क्रिकेट संघ भविष्यमा आयोजना गर्ने हरेक गतिबिधीमा “हाम्रो अपिलः महिला हिंसा अन्त्यको लागी” भन्ने बिषयको ब्यानर सहितको मार्च, खेलमा लैगिंक हिंसा बारे सचेतनामुलक जिंगल प्रशारण, खेलाडी र खेलप्रमी बिच लैगिंक हिंसा रोकथाम बारे सचेतना प्रवाह गर्ने निर्णय गरेको छ ।

त्यसै गरि सुन्दर तौलिहवा हाम्रो अभियान आयोजक समितीलाई आवश्यक पर्ने केही सरसफाई सामाग्री प्रदान गर्न परियोजनाले पहल गर्ने र आयोजक समितीले लैगिंक हिंसा रोक्न संयुक्त ब्यानर र सचेतनामुलक जिंगल प्रशारण गर्नुका साथै लैगिंक हिंसा न्युनिकरण गर्न अभियानका सदस्यलाई सचेतना प्रवाहमा सहयोग पुर्याउने निर्णय गरिएको छ ।

कार्यक्रम बारे जानकारी दिदै परियोजनाका संयोजक खग प्रसाद चापागाईले परियोजना अन्र्तगत नेपाल सरकारको पञ्चबर्षिय रणनितीक कार्ययोजनाको पाँच उद्धेश्यलाई सहयोग पुर्याउने योजना अनुरुप लैगिंक हिंसा रोक्न पुरुष परिचालनको निती अङ्गिकार गरी सो सहमती गरिएको जनाए ।

 उनले खेल क्षेत्र र खेलाडीहरु प्रति युवाको लगाव हुने गरेका कारणले हिंसा रोक्ने अभियानलाई खेल संग जोडन खोजिएको उनले प्रष्ट पारे । आगामी दिनमा जिल्ला खेलकुद बिकास समिती र अन्य खेलका समिती संग समन्वय गरेर अगाडी बढने योजना रहेको उनले जानकारी दिए ।

सो अवसरमा बोल्दै सुन्दर तौलिहवा हाम्रो अभियानका संयोजक प्रकाश घिमिरेले सरसफाई र स्वच्छताको बिषयमा स्थानिय युवाले शुरु गरेको अभियानमा आस्था परियोजनाले समन्वय गर्नु सकारात्मक रहेको बताए ।

उनले सरसफाई अभियानमा लैगिंक हिंसा न्युनिकरणका लागी सचेतना अभियान चाल्न आफुहरु प्रतिबद्ध रहेको बताए । सरकारले खेलकुदमा खासै लगानी नगरेको अवस्थामा गैरसरकारी निकायले सहयोग गर्नु सह्रानिय रहेको कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले बताए ।

उनले संघले लैगिंक हिंसा न्युकिरण अभियान संग खेल र खेलाडी जोडिदा दुबै पक्षलाई सकारात्मक सहयोग पुगेको बताए । कार्य क्रममा परियोजनाका जिल्लाका कर्मचारी, कपिलवस्तु क्रिकेट संघका पदाधिकारी र खेलाडी तथा सुन्दर तौलिहवा हाम्रो अभियान आयोजक समितीका संयोजक तथा प्रतिनिधीको सहभागीता रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..