» » अनसनस्थलबाटै आयो यस्तो विज्ञप्ति


सङ्घीय गठबन्धन

२०७३।०२।२५
प्रेस विज्ञप्ति

मधेशी, आदिवासी जनजाति, थारु, खस, महिला, लिम्बूवान, मगरात, तमुवान, ताम्सालिङ, शिल्पी÷दलित, मुस्लिम, पिछडावर्ग लगायत सबै उत्पीडित समुदायहरूलाई समेटेर प्रतिगामी तथा विभेदकारी संविधान जारी भएपछि देशमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि हामी विभिन्न राजनीतिक दल तथा मोर्चाहरूमा आवद्ध भई सङ्घीय गठबन्धनको आह्वानमा आन्दोलनमा होमिएको महिनौं भइसकेको छ । माग सम्बोधनका लागि सिंहदरबार र वालुवाटार घेराऊ गर्दै काठमाडौ, वीरगंज, पोखरा लगायतका देशका विभिन्न ठाउँमा शान्तिपूर्ण सभा र विरोध प्रदर्शन गर्यौं । तर, हाम्रा माग सुनुवाई नभएपछि तेस्रो चरणमा आन्दोलनको घोषित कार्यक्रम अनुसार आजबाट हामीले रिले अनसन सुरु गरेका छौं । संयोजक उपेन्द्र यादवसहित शरत्सिंह भण्डारी, परशुराम तामाङ, महेन्द्र राय यादव, लक्ष्मणलाल कर्ण, राजकिशोर यादव,  कुमार लिङदेन, भानुराम थारु, डा. ओम गुरुङ लगायतका गठबन्धनका शीर्ष नेताहरुको सहभागितामा काठमाडौंको शहीद मञ्चमा निर्धारित समय बिहान ठीक ७ बजेदेखि हाम्रो अनसन सुरु भइसकेको सबैलाई सहर्ष जानकारी गराउन चाहन्छौं । संविधान पुुनर्लेखन गरी नसच्याउञ्जेल र आन्दोलनरत दलहरूले उठाएका मागहरू सम्बोधन नहोउञ्जेल हाम्रो सङ्घर्ष जारी नै रहनेछ । उत्पीडित जनताको खोसिएको अधिकार सुनिश्चित गर्न संविधान पुनर्लेखनको लागि सरकारसँग जोडदार माग गर्दै आजबाट सुरु भएको रिले अनसनमा व्यापक सहभागिताका साथ यसलाई सफल बनाउन सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछौं ।





..........................
         परशुराम तामाङ
प्रवक्ता

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..