» » करेण्ट लागेर एक युवकको मृत्यु

महोत्तरी, असार ११ गते । महोत्तरीको भरतपुरमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।

आज पानी चलाउने मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर भरतपुर–९ का १८ वर्षीय महेशकुमार कुशवाहाको मृत्यु भएको हो ।

आज दिउँसो आफ्नै घरको पानी तान्ने मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका कुशवाहाको उपचारका लागि लालगढ लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

शव परीक्षणका लागि तयारी भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..