» » नमुुना बन्दै शिवराज अस्पताल

मनिष गुप्ता
कपिलबस्तु असार ३ गते । कपिलवस्तु जिल्लामा रहेको शिवराज अस्पतालमा इन्डोर सेवा शुचारु भएको लगतै बिरामीको चाप बढेको छ । प्रति दिन ४०,५० को हाराहारीमा रहेको बिरामी इन्डोर सन्चालन भएको २०दिन नबित्द बिरामीको चाप बढ्दै गएको छ ।

जिल्लाको बहादुरगंजमा रहेको नेपालकै दोस्रो अस्पतालमा २७ बर्ष पछि जेष्ठ १५ गते इन्डोर सेवा सुचारु गरिएको थियो । हाल प्रतिदिन २०० देखि २५० जना बिरामीलाई सेवा दिंदै गरेको अस्पतालमा कहिले काहीँ भारतिय बिरामीहरु पनि उपचार गराउन आउँछन ।

अस्पतालमा एक्सरे, फोटोथेरेपी, ब्लड टेस्ट, युरिन टेस्ट, सुगर टेस्ट,रेबिज भेक्सी लगायतका सेवा दिनुका साथै निशुल्क औषधि बितरण हुँदै गरेको सिनियर स्टाप नर्स बिन्दु पुनले बताउनु भयो ।

त्यसैगरि प्रत्येक महिनाको २र३ गते बच्चाहरुलाई बिसीजी, डिपिटी र पोलियो जस्ता खोपहरु उपलब्ध गराइदै आईएको छ र केही दिन भित्रै एमबुलेन्सको सुबिधा पनि बिरामीले पउने छन्।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..