» » मधेशको मसिहा बन्नेहरुको नाममा (समाचार टिप्पणी)


काठमाडौ जेठ २० गते । विगत ११ वर्षदेखि आन्दोलित रहेका मधेशको नामबाट धेरैले रोटी सके । कतिपयको घरबार बन्यो भने मधेशको नाममा सहादत दिएकाहरुको घरबार उज्रियो (भत्कियो) ।
यसमा मधेशी मात्र होइन, गैरमधेशीले पनि बलेको आगो तापे र त्यसैमा आफ्नो अनुकुलको रोटी सकेर खाए । र, यो शिलशिला अझै जारी छ ।

मधेशका कुनै पनि संघ संस्थाहरुले कार्यक्रम गर्दा ती गैरमधेशी जो आफूलाई मधेशीको शुभचिन्तक भन्नुहुन्छ । उहाँहरु कार्यक्रममा जाँदा यसरी प्रस्तुत हुन्छ कि मानौ, उहाँहरु नभएको भए मधेशको अस्तित्व नै समाप्त हुने थियो ।

उहाँहरुमा एउटा बेग्लै प्रकारको प्रतिस्पर्धा देखिएको हुन्छ । त्यो हो मधेशमा जाने आउने कुरा । म मधेशबाट भर्खरै फर्केको छु, म तीन महिना अगाडि गएको थिए । मधेशका चार पाँच जिल्ला घुमे, मधेश आन्दोलनको बेला उतै थिए, आदि आदि । चाहे खजेन्द्र संग्रौल होस् वा कृष्ण हयातेछु होस् । चाहे त्यो युग पाठक होस् । चाहे किशोर नेपाल होस् वा हरि रोक्क होस् ।

उहाँहरु जहिले पनि मधेशको कित्तामा आफूलाई जबर्जस्त रुपमा उभ्याउने प्रयास गरिरहनु हुन्छ ।
पहाडी समुदायमध्ये आआफूलाई मसिहाको रुपमा स्थापित गर्न चाहि रहनु भएका उहाँहरु फेरि यस्तै गोष्ठी, सम्मेलन र अन्तरक्रिया कार्यक्रममा मात्र बोल्ने हो ।

 अथवा कोही कसैले आउने जानेको भाडा तिरि दिए वा कुनै एनजियो वा आइएनजियो डोनर बनि दिए मधेशमा गएर डुलि दिने हो । भाषण दिएर सोझा सिधाको तालि लिने हो र त्यहाँको कुरा हेरेर सुनेर आएर काठमाडौमा आएर रोटी सेक्ने हो ।

मानौ, यो उहाँहरुको विजनेश हो । बोलेपछि पनि पैसा पाइन्छ, लेखेपछि पनि पैसा पाइन्छ, डुलेपछि पनि पैसा पाइन्छ भने त्यो काम किन नगर्ने, आखिर उहाँहरुको यो काम नै हो ।

हिजो जेठ १९ गते पूर्व राजदूत एवं नागरिक समाजका अगुवा विजयकान्त कर्णले आयोजना गर्नुभएको कार्यक्रममा अथितिको रुपमा उपस्थित लेखक तथा विश्लेषक खगेन्द्र संग्रोलाले भन्नुभएको थियो, तीनपटक मधेस जाँदा मैले के देखें भने मधेस आन्दोलनको कठोर यथार्थलाई हाम्रो पत्रकारिताले इमान्दारिताका साथ आत्मसाथ गरेन । आन्दोलनमा जहाँ पनि केही न केही उछृंखलता, केही न केही हिंसा हुन्छ । तर, मधेस आन्दोलनको प्रकृति र सहभागिताको आकार हिंसात्मक वा आक्रामक थिएन ।’

उहाँले गरेको तर्क र विश्लेषण आफ्नो ठाउँमा ठिक छ । यसमा मधेशी जनताले उहाँलाई कति धन्यवाद र सम्मान दिएका छन् त्यसको ऋण चुक्ता भएको छैन । तर, यहाँ घतलाग्दो कुरा के हो भने मधेशमा आफूलाई उहाँले बढी केन्द्रीत गरेको देखियो । जस्तो मधेश एउटा अलग मुलुक हो त्यसरी नै त्यहाँ गएको कुरालाई वर्णन गर्नुहुन्छ ।

यहाँ हरि रोक्काले पनि भन्नुभएको छ, म पनि मधेस घुमरै आएँ । दुई तीनवटा जिल्लामा घुमें । सामान्य मान्छेहरुसँग कुराकानी गर्दाखेरि मलाई के थाहा भयो भने उनीहरुलाई एमाले, कांग्रेस, माओवादीसँग मात्रै होइन मधेसका दल र नेताहरुसँग पनि त्यत्तिकै वितृष्णा रहेछ । यिनीहरुले लगेर कहाँनेर सेलाउँछन्, कहाँनेर डुबाउँछन् भन्ने टाइपको तलको मानसिकता छ ।’

के यो कुरा मधेशी जनता वा अन्य सरोकारबालाहरुलाई थाह छैन तर उहाँहरु पटक पटक मधेशको अवस्था, त्यहाँको अभाव, त्यहाँको गरिबी, त्यहाँको अशिक्षालाई डलरसँग साटेको उदाहरणहरु छन् ।

लेखक युग पाठकको कुरा पनि पढौं, उहाँले भन्नुभयो, अस्ति सौराहामा पनि मधेसका बारेमा छलफल हुँदा मारामार होलाजस्तो भयो । त्यही सौराहामा भनेको एउटा कुरा दोर्होयाउन मन लाग्यो आज यहाँ मलाई । यो न्यारेटिभ भन्ने कुरा कति खतरनाक हुन्छ भनेर मैले त्यहाँ कुरा राखेको थिएँ ।’

यी लेखक विद्धानहरुको कुरा पढि सकेपछि अब तुलानारायण साहको कुरा पढौं, विजयकान्त कर्णले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, जवसम्म काठमाडौंले मधेसीलाई आत्मसात गर्दैन, स्पष्ट हुनुभए हुन्छ, मधेसीले भारतको विरोध गर्दैन । हामीलाई गोली हान्दाखेरि त त्यही रक्सौलको भूमिले हो नि त हामीलाई बचाएको । यो त तथ्य हो नि त । हामीले किन विरोध गर्ने भारतको ? रुक्माङगद कटवाललाई हटाउँदाखेरि प्रचण्डलाई भारतले हटाइदियो, त्यो काठमाडौंलाई वाहवाही हुने, अनि हामीलाई गोली हान्दाखेरि हामी भारतमा गएर लुकेकोमा आपत्ति हुने ?’

तुलानारायण साहले हरि रोक्का, युग पाठक, खगेन्द्र संग्रौलाले बोलेको कुराको जवाफ घुमाउरो तरिकाले दिनुभएको छ ।

काठमाडौमा हुँदा खाँदामा उहाँहरु गिनिनु हुन्छ । उहाँहरुले बोलेको लेखेको बिक्छ र विश्वास पनि गर्छ तर मधेशवादी दलले काठमाडौ केन्द्रीत आन्दोलन गर्दा उहाँहरु पुरै साइलेन्ट भएर बसि दिनुभयो । एकदिन पनि सडकमा आएर ऐक्यवद्धता जनाउनु भएन ।

हुनसक्छ, फेसबुक, ट्वीटर वा पत्रिकामा लेखेर आन्दोलनको बारेमा बोल्नु भएको होला, समर्थन गर्नुभएको होला तर सशरिर उपस्थिति कहि कतै देखिदैन ।

उहाँहरुमा राज्यलाई भन्ने क्षमता पनि छ । उहाँहरुले भनेको कुरा सुन्छन् पनि तर आजसम्मको रेकर्ड छैन कि प्रधानमन्त्री वा राज्यका कुनै अंगसँग मधेशको बारेमा कुरा गरेर समस्या समाधान गर्नेतिर लागेको होस् ।

मधेशमा अहिले मध्यस्थताको आवश्यकता छ । के उहाँहरु मध्यस्थता गर्न सक्नु हुन्न ? राज्य र मधेशी शक्तिलाई एक ठाउँमा बसाएर सहमति गराउन सक्नु हुन्न ? सक्नु हुन्छ तर आजसम्म प्रयास गरेको कुरा बाहिर आएको छैन ।

बरु कहिले मधेश गएर गमछा लगाएर सम्मानित भएर आउनु हुन्छ । कहिले धोती लगाएर जयजयकार लिएर फर्किनु हुन्छ । यहाँ काठमाडौमा हुने तारे होटलमा मधेशको बुझक्कर झै बोलेर वाहवाही लिएका हुन्छन् । भयो भने यसो पत्रिकामा एकदुइटा आर्टिकल लेखि दिनुहुन्छ । तर, मधेशलाई यतिले मात्र पुग्दैन । मधेश आश होइन, साथ चाहिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..