» » महेन्द्र यादवले भन्नुभयो, सहमति नगरि निर्वाचन भयो भने त्यसलाई रोक्छौ

काठमाडौ, असार ३ गते । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले  संविधानमा सहमति नभएसम्म कसैले पनि चुनाव गर्न नसक्ने दावी गर्दै आफूहरुलाई बेवास्ता गरेर राज्यले चुनाव गराउन खोेजे आफूहरुले त्यसलाई रोक्ने चेतावनी दिनुभयो ।

उहाँले राज्यले जवरजस्ती चुनाव गराउन खोजे मुलुक भयंकर दुर्घटनामा फस्ने चेतावनी दिदै त्यस अवस्थामा मुलुकको राष्ट्रियता, एकता, अखण्डता र सार्वभौमसत्ता कमजोर भएर जाने ठोकुवा गर्नुभयो ।

यादवले संविधान पुर्नलेखन गरेर सबैको अपनत्व हुने गरी संविधान कार्यान्वयन गर्नुको साटो सरकारले नाटकीय रुपमा चुनावको घोषणा गरेको भन्दै दलहरुवीच सहमति नभएसम्म हुने चुनावको कुनै औचित्य नहुने र आफूहरु पनि त्यस्तो निर्वाचनमा सहभागि नहुने बताउनुभयो ।

उहाँले संघीय गठबन्धनलाई समेत वार्तामा बोलाएर आफूहरुले अगाडि सारेको सात बुँदे प्रस्ताव स्वीकार गरे मात्रै वार्ता हुने स्पष्ट पार्दै सरकारले अहिलेसम्म गरेको निर्णय कार्यान्वयन गरेर आन्दोलनमा मारिएकालाई शहीद घोषणा, क्षतिपूर्ति, घाईतेको उपचार र बन्दीहरुको रिहाई गरेपछि मात्रै वार्ताको वातावरण बन्ने बताउनुभयो ।

नेपाली काग्रेसका नेता डा. नारायण खड्काले भुकम्प पीडित र मधेसलाई रुवाउँदै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई चिढ्याएर मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गर्नुभयो ।

राजधानीमा आयोजित एका कार्यक्रममा उहाँले बजेटमार्फत विभिन्न क्षेत्रमा लगानी गरेर त्यसबाट चुनावमा फाईदा स्थिति र मंसिरसम्म सरकार कायम राख्ने योजनामा सरकारले चुनावको कार्यतालिका सार्वजनिक गरेको दावी गर्दै अहिले मुलुकमा निर्वाचन हुने बातावरण नबनिसकेको ठोकुवा गर्नुभयो ।

नेकपा एमालेका सचिव भीम आचार्यले मधेसी मोर्चा सहभागि नभए पनि निर्वाचन नरोकिने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो दोस्रो संविधानसभाको निर्वाचन मोहन वैद्य नेतृत्वको माओवादीसहितका दलहरुले बहिस्कार गर्दा पनि सफलतापूर्वक सम्पन्न भएको हो । अहिले पनि एकाधले बहिस्कार गर्दैमा निर्वाचन रोकिदैन । गुडेको ट्रेन छुट्यो भने छुटिहाल्छ ।’

नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले चुनावकोलागि राष्ट्रिय सहमति आवश्यक रहेको दावी गर्दै सरकारले कानून, नियम बनाउने लगायतका आन्तरिक तयार नगरी निर्वाचन घोषणा गरेको आरोप लगाउनुयभो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..