» » शहिद घोषणाको माग


मनिष गुप्ता
कपिलवस्तु, जेठ २४ गते । गत माघ २८ गते हत्या गरिएका तरुण दल बाणगंगा ईकाइ अध्यक्ष राजेश सेनलाई सहिद घोषणा गर्दै नेपाली काँग्रेस पार्टी कपिलवस्तुले प्रमुख  जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई बुझाईएको पार्टीका जिल्ला सभापति तथा साँसद सुरेन्द्रराज आचार्यद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सेनको हत्या पछि हाल सम्म गृह प्रशासनले घटनाका दोषी पत्ता लगाउन नसकेको, कुनै प्रक्रिया अगाडी नबढाएको उल्लेख गर्दै  निजको आश्रित परिवारलाई क्षतिपुर्तिको माग सगै सेनलाई शहिद घोषणाको माग गरिएको छ ।

ज्ञापनपत्र बुझदै प्रजिअ घिमिरेले आफुहरुले आवश्यक राहतका लागी घटना बिवरण बारे जिल्ला सुरक्षा समितीको बैठक बसी गरिएको निर्णयको  प्रतिलिपी तथा प्राप्त ज्ञापनपत्र सम्बन्धित निकायमा प्रेषण गर्ने प्रतिबद्धता गर्नुभयो ।

ज्ञापनपत्रको बोधार्थ गृह तथा शान्ति मन्त्रालय, नेपाली काँग्रेस केन्द्रिय समिती र संसदिय दल सहित तरुण दलको केन्द्रिय समिती सहित स्थानिय सुरक्षा निकायलाई दिईएको छ ।

त्यस अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका जिल्ला सभापति आचार्यले प्रहरी प्रशासनले सेनको घटना बारे हाल सम्म दोषी पत्ता लगाउनु गृह प्रशासनको दोष भएको बताउनुभयो । उहाँले सेनका हत्यामा संलग्नलाई तत्काल पकाउ गरी कडा कारवाही नगरे पार्टी आन्दोलनमा जाने बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..