» » फोरम लोकतान्त्रिककाा नेता फोरम नेपालमा

सुनसरी, जेठ २९ गते- सुनसरी-५ को लौकही गाविसमा पूर्व सभासद सबिता यादवसहितको एक सयभन्दा बढी नेता कार्यकर्ताहरू संघीय समाजवादी फोरम नेपालमा शनिबार प्रवेश गरेका छन् ।
समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले टीका लगाएर उनीहरूलाई प्रवेश गराएका हुन् ।
फोरम लोकतान्त्रिकको नेतृ तथा पूर्व सभासद यादव र लोकतान्त्रिककै जिल्ला सदस्य रामनारायण पौदारसहित जम्बो टोली फोरम लोकतान्त्रिक, राप्रपा नेपाल, एमाले र कांग्रेस परित्याग गरी समाजवादी फोरममा प्रवेश गरेको समाजावादी फोरमका सुनसरी इञ्चार्ज भिम राईले बताए ।

 पार्टी प्रवेश कार्यक्रममा समाजवादी फोरम सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वे, राजनीतिक समितिका सदस्य शिवबहादुर बस्नेतलगायतका नेताहरू उपस्थित थिए ।
सुनसरी-५ अध्यक्ष यादवकै निर्वाचन क्षेत्र हो भने उता फोरम लोकतान्त्रिकको अध्यक्ष विजयकुमार गच्छदार गत निर्वाचनमा सुनसरी-३ बाट निर्वाचित भएका हुन् ।
गठबन्धनका संयोजक यादव गत हिजो दिउँसो ४ बजेको फलाइटमा बिराटनगर पुग्नु भएको थियो ।

आजै दिउँसो सुनसरीको इटहरीमा पदम अधिकारीको लिम्बुवान पार्टी र फोोरम नेपालबीच एकता भएको हो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..