» » चट्यागंबाट युवा फोरमका अनिल यादवको मृत्यु


पर्सा जेठ २६ गते । संघीय समाजवादी फोरम नेपाल पर्सामा सक्रिय युवा फोरम नेपालका नेता २२ वर्षीया अनिल यादवलाई चट्यागं लागेर मृत्यु भएका छ ।

फोरम नेपालका केन्द्रीय सदस्य प्रदीप यादवका अनुसार हिजो ७ः३० बजे आफ्नो आँपको बगैचामा फोनमा कुरा गरिरहेको बेला चट्यागं खस्दा उहाँको मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएका जानकारी दिँदै प्रदिप यादवले मोवाइल प्रयोग गरेको कारण चट्यागं परेको हुनसक्ने अनुमान गर्नुभयो ।

फोरम नेपालका सक्रिय कार्यकर्ता मधेश आनदोलनमा सक्रिय भुमिका खेलेका पर्सा गाबिस सुरजाहा निवासी २२ वर्षीय अनिल यादवको एक महिना अगाडि मात्र विहे भएको थियो । ठाकुर राम क्याम्पमा अध्ययनरत अनिल यादव बीबीएसको फाइनल परीक्षा दिएर बस्नु भएको थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका साथमा अनिल यादव

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. हार्दिक श्रदान्जली !

    ReplyDelete

..