» » जनकपुर जलमग्न

फोटोः विरेन्द्र रमणको फेसबुकबाट

जनकपुर, असार १० गते । बिहानदेखिको भारी वर्षाले जनकपुर उपमहानगरपालिका जलमग्न भएको छ । आज बिहान भारी वर्षा भएपछि पानीको उचित निकास नहुँदा जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएको हो ।

भारी वर्षाले जनकपुरका भानुचोक, कदमचोक, मिल्स एरिया, विद्यापति चोक र विश्वकर्मा चोक सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ । वर्षाको पानीले यातायात, रासस, वनलगायतका कार्यालयको परिसरमा पानी जमेको छ भने जिल्ला प्रशासन कार्यालय क्षेत्रको सडक पनि हिलाम्य भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..