» » कपिलवस्तु तीन नम्बरका भ्रष्टाचार


मनिष गुप्ता
कपिलबस्तु जेष्ठ २५ गते । लुम्बिनी अंचलमा भष्ट्रचार हुने जिल्लामा कपिलवस्तु तेस्रो स्थानमा रहेको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा भष्ट्रचार निर्मुलका लागी १ दिने अभिमुखिकरण कार्यक्रममा सो कुरा जनाइएको छ ।

सम्पर्क कार्यालय बुटवलका प्रमुख प्रहरि उपरिक्षक उमेशराज जिसीले कार्यालयको प्रकृति र कर्मचारीको स्वभाव पारदर्शि बनाउन आग्रह गर्नुभएको छ ।

साथै नेपालको संबिधान, ऐन–नियमावली र निर्देशिका अध्ययनका साथ सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न आग्रह गर्नुको साथसाथै कर्मचारीहरुलाई नियमित रुपमा पोशाकमै रहन आग्रह गर्दै त्यस्को परिपालना नगर्ने कर्मचारीलाई स्पष्टीकरण संगै बिभागीय कारवाह्री गरिने समेत जिसीले बताउनुभयो ।

कपिलबस्तुका प्रजिअ इन्दु घिमिरेले सन्तुलित शर्तकता अपनाएर सेवा ग्राहीलाई सेवा दिन कार्यालय प्रमुखहरुलाई अपिल गर्नुभयो । आफ्नो कार्यकालमा पनि कार्यालय प्रमुखहरुले भोलीवाद प्रवृति अपनाएकोे जसबाट भष्ट्रचार मौलाएको र पिडितहरु थप पिडामा पर्ने उल्लेख गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..