» » संसदबाट तीन विधेयक स्वीकृत


काठमाडौँ, असार १ गते । व्यवस्थापिका–संसदले आज न्याय क्षेत्रका विभिन्न तीन विधेयकलाई सैद्धान्तिक छलफल गरी स्वीकृत गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको “केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७१” लाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यस्तै, सदनमा आजै कानुनमन्त्री खरेलले “सर्वोच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको सो विधेयक बहुमतले पारित भएको सभामुख ओनसरी घर्तीले घोषणा गर्नुभयो ।

मन्त्री खरेलले “न्यायसेवा आयोग विधेयक, २०७३ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको अर्को विधेयकमाथि भएको छलफल पश्चात् उक्त विधेयक पनि बहुमतले स्वीकृत भएको थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कानुनमन्त्री खरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि ध्वनि मतका आधारमा उक्त विधयेकहरु स्वीकृत भएका हुन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..