» » तमलोपा महाधिवेशनः महामन्त्री र सहमहामन्त्रीमा कुरा मिलेन, कुरा मिलाउने जिम्मा अध्यक्षलाई

काठमाडौ असार ९ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशन सम्पन्न भएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, जनजाति र दलितको तर्फबाट केन्द्रीय सदस्य निर्विरोध भएपनि महामन्त्री र सहमहामन्त्रीमा कुरा नमिलाई महाधिवेशन सम्पन्न भएको छ ।

महामन्त्री र सहमहामन्त्री तथा केन्द्रीय सदस्यको विवाद मिलाउने जिम्मेवारी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । अध्यक्षले गर्ने निर्णय मान्य हुने भन्दै महाधिवेशन सम्पन्न भएको नेता बीपी यादवले बताउनुभयो ।
हालसम्म निर्वाचित हुनुभएकाहरुः
अध्यक्षः महन्थ ठाकुर
वरिष्ठ उपाध्यक्ष, ह्रदयश त्रिपाठी
उपाध्यक्ष, बृषेशचन्द्र लाल
कोषाध्यक्षः अनिता यादव
दलितबाट केन्द्रीय सदस्यहरु
रामप्रवेश वैठा
माला पासवान
छवीलाल हरिजन

जनजाति कोटाका सदस्य
मिना चौधरी
कुकुरा राणा
पुरन चौधरी
विणा थनित

महासचिवका उम्मेदवारहरु
जितेन्द्र सोनल
वृजेश गुप्ता
जंगीलाल राय
विमल श्रीवास्तवव
उमाकान्त झा

सहमहामन्त्रीका उम्मेदवारहरु
जयप्रकाश ठाकुर
सुरेश मण्डल
राजेन्द्र साह
राकेश मिश्र
पशुपति दयाल मिश्रा
महाजन यादव
अभिराम शर्मा
जनार्दन प्रसाद यादव
उदय किशोर तिवारी
जितेन्द्र सिह
समिम मियाँ अन्सारी
कृष्ण सिह

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..