» » गाँउघरलाई सफासुग्घर बनाउन बालबालिकाहरु सक्रिय


धनवीर महतो
महोत्तरी, जेठ २६ गते । महोत्तरीमा आफनो गाँउघरलाई खुल्लादिसामुकत बनाउन बालबालिकाले चासो बढाएका छन् । सकारात्क सोच प्रवद्र्धनात्मक गोष्ठीमा सहभागी भएपछि उनीहरुले सरसफाईप्रति आफनो चासो बढाउदै गएका हुन् ।

यसै क्रममा महोत्तरीको साँढामा रहेको मुनसिफ  माध्यमिक विद्यालयका बालबालिकाहरुले साँढा गाविसलाई खुल्ला दिसा मुक्त बनाउन  जनचेतना मुलक अभियान सुरु गर्ने निर्णय गरेको छ ।  समृद्ध नेपाल बर्दिबासले आयोजना गरेको सरसफाई सम्बन्धि सकारात्मक सोच प्रवद्र्धनात्मक गोष्ठमा उनीहरुले सिटी जुलुस,जनचेतना मुलक ¥याली, सरसफाई सम्बन्धि प्रतियोगिता गर्ने उनीहरुले निर्णय गरेका छन् ।

५१ सदस्यीय विद्यालयस्तरीय सरस्वती वालक्लब गठन गरेर अभियान शुरु गरिएको समृद्ध नेपाल वर्दिवासका अध्यक्ष भिम बहादुर आलेले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक ललन प्रसाद सिंहको अध्यक्षतामा बसेको सो बैठकले विद्यालयमा कक्षा १० मा अध्ययनरत गणेश सहनी अध्यक्ष रहेको सो समितीमा उपाध्यक्षमा प्रियंका यादव, सचिवमा जितेन्द्र कुमार यादव, कोषाध्यक्षमा ज्योती कुमारी ठाकुर, सहसचिवमा राजन कुमार साह रहेका छन ।

यही जेठ २८ गते खुल्ला दिसामुक्तलाई प्रभावकारी बनाउनका लागि वालवालिकाले र्याली प्रर्दशन गर्न लागेको हो । सरसफाईको क्षेत्रमा जिल्लामै सवैभन्दा पछाडि रहेको साढा, ईटहर्वाकटटी, मनरा, एकडारा बेला, पिपरा, डामी मडैय, बनौटा, हतिसर्वा, वगरा, महदैया तपनपुर, कलुवा वहेडा लगायतका गाविसमा समृद्धि नेपाल वर्दिवासले प्रवर्धनात्मक सोच गर्ने जिम्मा सम्बन्धि निकायबाट पाएको हो ।

त्यस्तै सो गाविसलाई सरसफाईयुक्त बनाउनका लागि स्थानिय राजनितीक दल, संघसंस्थाका प्रतिनिधी, वालवालिका, महिला समुह, वाडा नागरिक मञ्चको सहभागीता बढदै गएको पाईन्छ ।

सकारात्क सोच प्रवर्दधात्मक गोष्ठीको सहजीकरण युवा पत्रकार राजकरण महतो, समाजिक अभियान्ताहरु भीम बहादुर आले, रामपुकार यादव, सोव्रान सिंह राना मगरले गरिरहनुभएका छन ।
जिल्लालाई अगामी पौष मसान्त भित्र खुल्ला दिसामुक्त घोषणा गराउन महोत्तरीका विभिन्न संघ संस्थाले यस्ता सकारात्मक कार्यक्रमहरु संचालन गर्दै आएका छन । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..